प्रदेश १ मा ५७७ कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७८ वैशाख २२ गते २२:४१ मा प्रकाशित

विराटनगर,२२ वैशाख।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन्।सो अवधिमा एक हजार ३२१ जनाको पिसीआर परीक्षण गर्दा २२५ जना महिला र ३५२ जना पुरुषमा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका सङ्क्रमितमा मोरङमा १९६ मध्ये विराटनगरमा १५४ जना जसमा ६६ जना महिला छन् भने झापामा १७८,सुनसरीमा १०१,धनकुटामा २२,इलाममा १७,संखुवासभामा आठ,उदयपुर र भोजपुरमा चारचार,पाँचथरमा तीन, खोटाङ,ताप्जुजुङ र तेह्रथुममा एकएक र प्रदेश बाहिरका ४१ जनामा सङ्क्रमण देखिएकोे छ।

यस प्रदेशमा अहिलेसम्ममा सङ्क्रमितको सङ्ख्या ३५ हजार १३९ पुगेका मध्ये ३० हजार ९० सङ्क्रमण मुक्त्त भएका छन।यस्तै सक्रिय सङ्क्रमितको सङख्या ४ हजार ५११ पुगेको छ।

 

प्रतिक्रिया