गायिका एवम् प्रस्तोता शितल शर्मा तथा बैकुण्ठ महतको ‘पिरतीमा ए प्लस’नामक गीत बजारमा

इनेप्लिज २०७८ वैशाख २२ गते १६:४६ मा प्रकाशित

लोकप्रिय गायिका एवम् प्रस्तोता शितल शर्मा तथा चर्चित गायक बैकुण्ठ महतको ‘पिरतीमा ए प्लस’नामक गीत बजारमा आएको छ । रमेश बिजीको शब्द र वैकुण्ठ महतको लयमा तयार पारिएको गीतमा कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ ।

शितल शर्माको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ ।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिको गीतलाई मिक्सिङ तथा मास्टरिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् । गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही, आकृति विश्वकर्माको कोरस गायन रहेको छ ।

मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले छायांकन गरेका छन् । मनोज कार्कीको सम्पादन रहेको छ ।

प्रतिक्रिया