आइतबार, असार ६ २०७८
काठमाडौं ०६:२८
वासिङटन डिसी 20:43

सन फ्रान्सिस्कोमा दुई एसियाली अमेरिकी महिलालाई छुरा प्रहार गर्ने मानिस पक्राउ

इनेप्लिज २०७८ वैशाख २२ गते १५:३७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरका प्रहरीले दुई एसियाली अमेरिकी महिलालाई छुरा प्रहार गरेको आरोपमा एक मानिसलाई गिरफ्तार गरेका छन् ।हाल दुबै महिलाहरु घाइते भएकोले अस्पतालमा भर्ना गरिएको छ । छुरा प्रहार गर्ने सन फ्रान्सिस्कोका एक पुरुषलाई मंगलबार पक्राउ गरिएको छ भने जब उनले दुई एशियाली अमेरिकी महिलालाई दिउसो उज्यालोमा छुरा प्रहार गरेका थिए ।

सन फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ता रोबर्ट रुइकाका अनुसार ५५ वर्षीय उक्त व्यक्तिले मंगलबार दिउँसो सन फ्रान्सिस्को शहरमा महिलाहरू हमला गरेको आरोप छ ।

उनलाई मे ४ का दिन मंगलबार साँझ घटनास्थलबाट करीव एक माइलको दूरीमा फेला पारेका र उनलाई पक्राउ गरिएको थियो । उनलाई अभियोग अझ विचाराधीन छ भने उनको छुरा प्रहारको उद्देश्य अनुसन्धान भइरहेको रुइकाले जानकारी गराएका छन ।

सन फ्रान्सिस्को निवासी पेट्रीसिया ली त्यस समयमा नजिकैको फूल पसल नजिक काम गरि रहेकी थिइन । उनले अगाडी भनिन चक्कु चलाउने मानिस बस बिसौनी नजिक आइ पुगेको देखिन । उनले भनिन उक्त चक्कु “धेरै ठुलो” भएको र उनी एक सैन्य शैलीको चक्कु देखेको बताइन ।

उनि पछाडी फर्किइन र उनले केही गोजीबाट केही निकालेको जस्तो देखिन । ठूलो छुरा देखे पछि आफू निश्चित रुपमा आफू काटिने छु भनि एक अन्तर्वार्तामा भनेको समाचार एबिसी न्यूजले उल्लेख गरेको छ ।

महिलालाई छुरा प्रहार गरि सके पछि उक्त व्यक्तिको हुलिया प्रौढ़ भएको जानकारी दिइन् । उनले थप्दै भनिन उक्त मानिस “केही पनि नभएको जस्तै गरि त्यहाँबाट गएको बताइन ।”

सन फ्रान्सिस्को संचालक समितिका पर्यवेक्षक सदस्य म्याट ह्याने यो आक्रमणलाई “घिनलाग्दो र भयङ्कर ” भन्दै सामाजिक संजाल ट्वीटरमा निन्दा गरेका छन् । ह्यानेले दुबै महिला घाइते भएकोले अस्पतालमा भर्ना गरिएको र मंगलबार राति सम्म उनीहरुको स्वास्थ्य अवस्था “स्थिर” रहेको बताए ।

ती मध्ये एक ८५ वर्षीय महिलालाई शल्यक्रिया गर्नु पर्ने भएको छ । ह्यानेले पीडित र तिनका परिवारलाई सहयोग गर्न उनिहरुका परिवारहरु संग भेट्ने प्रयास गरि रहेको जनाए ।

“यो त्यस्तो चीज हो जुन हाम्रो समुदायमा विशेष गरी एशियाली मानिसहरूलाई भइरहेको छ,” ह्यानेले मंगलबार एक अन्तर्वार्तामा स्थानीय संचार माध्यम केजीओलाई भने।

प्रतिक्रिया