अनुसन्धान कोष संकलनको लागि अस्ट्रेलियामा नेपाली मूलकी पूजा ५० किलोमिटर दौडदै

इनेप्लिज २०७८ वैशाख २२ गते ९:३० मा प्रकाशित

धेरै काठिन्य (Multiple sclerosis) रोग अनुसन्धानको कोष संकलन अभियानलाई सहयोग गर्ने अभिप्रायले नेपाली मूलकी मेलबर्न निवासी पूजा श्रेष्ठले THE MAY 50K कार्यक्रम अन्तरगत ५० किलोमिटर दौडदै छिन्।

सामान्यतया २५-३५ वर्षदेखिका युवा उमेरमा शुरु हुने यो रोगको क्षेत्रमा काम गर्नका लागि MS RESEARCH AUSTRALIA २००४ मा शुरु भएको हो र यस्ले THE MAY 50K कार्यक्रम अन्तर्गत २०१९ मा २.१ मिलियनभन्दा बढी र २०२० मा ६.६ मिलियनभन्दा बढी अर्थ संकलन गरेको थियो ।

पुरुषभन्दा बढी महिलामा बढी देखिने यो रोगमा नसाको सुरक्षात्मक तहलाई खाएर प्रतिरक्षा प्रणाली कम्जोर बनाउँछ र मस्तिष्क र शरीरको बीच संचारमा बाधा पुर्याउँछ । यो रोगको लक्षणहरुमा देखनमा कठीनाइ, संतुलनमा कमी, अस्थिरता, बोलनमा असुविधा, ध्यान केन्द्रित गर्नमा कठिनाई, शारीरिक अंगमा कमजोरी आदि पर्छन।

आफ्नो १८ औं जन्म दिवस मनाउने तयारी अन्तिम अवस्थामा पुगिसकेको बेलामा तराइ बाढी पहिरोले ग्रस्त भएको कारण देशमा त्यसरी नेपालीहरुले त्यसरी दु:ख सामना गरेको बेलामा आफूले रमाइलो गर्नु उचित नहुने भन्दै आफ्नो जन्म दिनको कार्यकम स्थगित गरी धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत ३,००० डलरको सहयोग प्रदान गरेकी थिइन पूजाले।

अस्ट्रेलियामा मात्रै यो रोगले पीडितको संख्या करीब २६,००० रहेकोले यो जटिल र दु:खदायी रोगबाट पीडितहरुले भबिस्यमा भोग्ने समस्या न्यूनिकरणका लागि यो जटिल र पीडादायी रोगको अनुसन्धानमा सहयोग पुर्याउने हेतुले पूजा THE MAY 50K कार्यक्रममा सहभागी भएकी हुन । उनीमार्फत यो अनुसन्धानमा सहयोग गर्न यो लिंक (https://www.themay50k.org/fundraisers/PujaShrestha56975/the-may-50k) मार्फत गर्न सकिनेछ र प्रत्येक ब्यक्ति वा संस्था मार्फत संकलित रकमको जानकारी यस्को साइट मार्फत प्राप्त गर्न सकिनेछ।

पहिलो दिन पूजाले ४ किमी कुदिन भने यो अभियानमा उन्को प्रत्येक दिनको गतिबिधि र योगदान पनि साइट मार्फत (https://www.themay50k.org/) प्राप्त गर्न सकिनेछ।

पूजा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठकी छोरी हुन।

प्रतिक्रिया