शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३८
वासिङटन डिसी 15:53

भर्जिनियाको सीआईए मुख्यालय बाहिर अधिकारीहरूले चलाएको गोली प्रहारबाट सशस्त्र संदिग्ध व्यक्तिको मृत्यु

इनेप्लिज २०७८ वैशाख २१ गते २१:५७ मा प्रकाशित

 

भर्जिनियाको सीआईए मुख्यालय बाहिर अधिकारीहरूले चलाएको गोली प्रहारबाट सशस्त्र संदिग्ध व्यक्तिको मृत्यु भएको एफबिआइले जनाएको छ ।

उक्त बन्दुकधारीलाई गत सोमबार मे ३ का दिन एफबीआईका गुप्तचरका एक अधिकारीले गोली प्रहार गरेका थिए ।

गत सोमबार साँझ करिब ६ बजे तिर “हतियार लिएर आफ्नो गाडीबाट निस्किएपछि” गोली लागेको र घाइते भएको एफबीआईले विज्ञप्तिमा उल्लेख गरेका थिए । अहिले सम्म पनि उक्त संदिग्धको नाम सार्वजनिक गरिएको छ र अन्य बिस्तृत जानकारी गराईएको छैन भनि सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

अज्ञात संदिग्ध हतियारधारीलाई स्थानीय अस्पतालमा लगिएको थियो भने उनको अस्पतालमा निधन भएको एफबिआइले जनाएका छन् ।

सीआईएका अनुसार उक्त संदिग्ध व्यक्तिको सवारी साधनमा बम(विस्फोटक पदार्थ) रहेको बताइएको थियो ।

प्रतिक्रिया