हिमालयन लायन्स क्लवमा नयाँ नेतृत्व

इनेप्लिज २०७८ वैशाख २१ गते २१:०१ मा प्रकाशित

अमेरिकाको बोस्टनमा बस्ने नेपालीहरुले खोलेको हिमालयन लायन्स क्लवले नयाँ नेतृत्व चयन गरेको छ।लायन वर्ष २०२१-२०२३ का लागि सुशील नेपालको अध्यक्षतामा गठित उक्त समितिको प्रथम उपाध्यक्षमा गोवर्ध्दन पूजा चयन भएका छन्।पूजा सन् २०१०मा स्थापित क्लवको संस्थापक सदस्य पनि हुन्।

यसै गरी द्वितीय उपाध्यक्षमा थानीरत्न कँडेल,तृतीय उपाध्यक्षमा चन्द्रबहादुर मल्ल,सचिवमा विनोद उप्रेती र कोषाध्यक्षमा शान्ति जोशी चयन भएका छन्।

क्लवको मेम्बरशिप चेयरमा नवीन उप्रेती, एलसिआईए‍फ कोअर्डिनेटरमा विनोद सुवे‍दी, क्लव मार्केटिङ कम्युनिकेसन चेयरमा दिनेश पाण्डे, क्लव सर्भिस चेयरमा आँशुलक्ष्मी राजभण्डारी र महिला संयोजकमा मान्ती कुमारी चयन भएका छन्।

क्लवले हालै आयोजना गरेको पदस्थापन कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर डा. डेवी वाएन , इनकमिङ गभर्नर पेग नेड्रि,रिजनल चेयर केन चिया र जोन चेयर एन्थोनी बोलिओलाले नयाँ पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए।

प्रथम उपाध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थापक अध्यक्ष महेश्वर पन्त,पूर्व अध्यक्ष राम थापा,एनआरएन म्यासाचुसेट च्याप्टर अध्यक्ष प्रेम तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया