शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३५
वासिङटन डिसी 15:50

साउथ क्यारोलाईनामा अस्वेत कर्मचारीलाई बिना तलब काम गर्न बाध्य बनाएकोले ५ लाख डलर जरिवाना र १० बर्ष कैद सजाय

इनेप्लिज २०७८ वैशाख २१ गते १२:४८ मा प्रकाशित

अमेरिकाको साउथ क्यारोलाईनाका चमेनागृहका एक प्रवन्धकले अस्वेत कर्मचारीलाई बिना तलब काम गर्न बाध्य परेकोले अदालतले ५ लाख जरिवाना र १० बर्ष कैद सजाय सुनाएको छ ।

उक्त प्रवन्धकले हरेक हप्ता सयौ घण्टा बर्षौ दिनमा काम लगाएका थिए । त्यसमा पनि बिना तलब र उनले मौखिक तथा भौतिक रुपमा शारीरिक दुर्व्यवहार समेत गरेका थिए । उक्त पीडित कर्मचारीले उनका पूर्व प्रवन्धक दोषी ठहर भए पछि उनले २ लाख ७३ हजार डलर क्षतिपूर्ति पाउनु पर्ने थियो ।

उक्त रकम प्रारम्भिक चरणमा क्षतिपूर्ति रकम एकदम कम भएको अपील अदालतले गत अप्रिलमा फैसला सुनाएको थियो । उक्त व्यक्तिले उक्त रकम भन्दा दोब्बर प्राप्त गरेको हुनु पर्‍यो भन्दै ५ लाख ४६ डलर व्यवस्थापकबाट संघीय श्रम कानूनको हिसाब र नियम अनुसार फैसला सुनाइएको छ ।

जोन क्रिस्टोफर स्मिथलाई वर्षौं सम्म तलब बिना कन्वेको क्याफेटेरिया(चमेनागृह )मा काम गर्न बाध्य पारियो। उनका प्रबन्धक बबी एड्वार्ड्स सन् २०१८ मै जबरजस्ती श्रम गरेकोमा दोषी स्विकारेका थिए ।

श्रमिक र पीडित व्यक्ति बौद्धिक अपाङ्ग रहेका अस्वेत स्मिथलाई दुर्व्यवहार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको समाचार सिएनएनले लेखेको छ ।

२०१९ मा अमेरिकी जिल्ला अदालतका न्यायाधीशले एड्वर्ड्सलाई जो स्वेत हुन् स्मिथलाई लगभग २ लाख ७३ हजार डलर रकम क्षतिपूर्ति दिन आदेश दिएका थिए ।

तर भर्जिनिया रिचमण्ड अदालतले गत अप्रिलमा उक्त रकम दोब्बर तिर्नु पर्ने फैसला गरि दिएको थियो ।

प्रतिक्रिया