शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:०७
वासिङटन डिसी 14:22

अमेरिकामा २४ करोड ६७ लाखलाई प्रथम खोप, अस्पताल भर्ना हुनेको संख्यामा १० प्रतिसत न्यून

इनेप्लिज २०७८ वैशाख २१ गते ११:५० मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ४९ हजार ६ सय ४१ जना संक्रमित भएका छन । त्यस्तै एकै दिनमा ७ सय ३३ जनाको मृत्यु भएको छ । गत सोमबार मे २ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा २६ प्रतिसतको कमि आएको छ । अमेरिकामा अहिले सम्म कम्तिमा २४ करोड ६७ लाख ८० हजार २ सय ३ जनाले प्रथम खोप लगाई सकेको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले दिएको छ ।

अमेरिकामा हाल सम्म कूल ५ लाख ७७ हजार ३ सय ७८ जनाको निधन भएको छ भने दुई हप्तामा ३ प्रतिसतले मृत्यु संख्या घटेको छ । हाल अमेरिकामा ४१,५२६ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या १० प्रतिसतले घटेको छ ।

हाल सम्म अमेरिकामा १ करोड ६८ लाख ३ हजार ९ सय ३८ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिकामा ३२ प्रतिसतले पूर्ण तथा ४४ प्रतिसतले कम्तिमा १ खुराक खोप लगाएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले जनाएको छ ।

अहिले बिहान मंगलबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २४ लाख ९८ हजार ६ सय ७३ रहेको छ ।

प्रतिक्रिया