मोरङमा कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु

इनेप्लिज २०७८ वैशाख २१ गते १०:०१ मा प्रकाशित

विराटनगर,२१ बैशाख(रासस):कोरोना सङ्क्रमणबाट मोरङका आज पाँच जनाको मृत्यु भएको छ।यसरी मृत्यु हुनेहरुमा दुई महिला र तीन पुरुष रहेका छन्।

यसरी मृत्यु हुनेहरुमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलवारी नगरपालिकामा होम आइशोलोशनमा एक जना रहेका छन्।मृत्युहुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ बर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ।निजलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो।

यस्तै इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ।मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारको लागि भर्ना गरिएको थियो।

निजलाई निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ।यसैगरि सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा आज मृत्यु भएको छ।मृतकलाई कोरोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना थियो र दमको पुरोना समस्या रहेका अस्पतालले जनाएको छ।

प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचारको क्रममा आज आज मृत्यु भएको छ।कोरोना पुष्टी भएपछि उपचारका लागि यही बैशाख १७ गते भर्ना गरिएको अस्पतालका प्रवन्धक दाहालले बताउनु भयो।

यस्तै बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलोसनमा आज मृत्यु भएको छ।निजलाई यही बैशाख १६ गते पिसीआर परीक्षण गराउँदा पोजिटिभ देखिएपछि होम आइसोलोसनमा बसेका थिए।

 

प्रतिक्रिया