४ महिनाको गर्भवती रहेकी छोरीलाई ज्वाईले वेपत्ता बनाएपछि रुँदै मिडियामा

इनेप्लिज २०७८ वैशाख २१ गते ७:०२ मा प्रकाशित

बर्दियाकी यि महिला आफ्नो ४ महिनाको गर्भवती रहेकी छोरीलाई ज्वाईले वेपत्ता बनाएपछि रुँदै मिडियाको सहयोग माग्न आएकी छन्।काठमाडौ लोकदोहोरीमा काम गर्ने संगिता सुनारलाई एक जना युवकले एउटा कष्मेटिक पसलमा काम गर म महिनाको ८ हजार रुपैया दिन्छु र दिनको एक सय रुपैया पनि दिन्छु भनेर पसलमा राखे।संगीताको साथी पनि सोही पसलमा काम सुरु गरेकी थिइन्।

कालिमाटीको राहुल गुप्ताले यस्तो भनेपछि साथीसंग संगीताले पसलमा काम गर्न थालेकी थिइन्।तर साथीलाई एक महिना पछि कामवाट निकालिदिए।तर संगीतालाई भने म तिमीलाई मन पराउँछु विवाह गर्छु भनेर भन्न थाले । संगीताले आमालाई राहुलले म संग विवाह गर्छु भनेको छ भनेर सुनाइन्।तर आमाले अनुमति दिइनन्।तर छोरीले आफै विवाह गरिन् । आमाले फेसवुकमा फोटो देखेर थाहा पाइन्।

छोरीले गल्ती गरीहाली भनेर स्वीकार गरीन् । ज्वाईको बारेमा उनलाई केही थाहा थिएन।आमाबुवा सानैमा बितेका हुन् म एक्लैछु।अरुले नै मलाई पालेको हो भनेर ज्वाईले सुनाएका थिए । सोह्रखुट्टेमा पसल थियो उनीहरुले गंगबु पसल सार्न लागेका छौं एक लाख रुपैया पठाइदिनु भनेर फोन गरे । उनले आफ्नो नन्दको देउरानीसंग मागेर एक लाख रुपैया पठाइदिइन् । एक महिनाको लागि भन्दै दिएको एक लाख रुपैया उनीहरुले फिर्ता पनि गरेनन्।

नन्दको देउरानीले आफ्नो सुन राखेर निकालेको एक लाख रुपैया थुप्रै महिना नहुँदा पनि उनीहरुले तिरेनन् । एक्कासी छोरी ज्वाई कपडा बोकेर बर्दिया आएपछि आमा छक्क परिन् । जो संग ऋण मागेकी थिइन् उनीहरु दिनहुँ पैसा लिन धाउन थाले।उनले छोरी ज्वाईलाई पैसा तिर भनेर भनिन्।त्यसपछि ज्वाईले म काठमाडौ गएर पसल बेच्छु अनि तिर्छु भनेर काठमाडौ जान खोजे।

आमाले नै काठमाडौ फर्कने पैसा ऋण खोजेर छोरी ज्वाईलाई काठमाडौ पठाइन्।छोरी ४ महिनाको गर्भवती छन् तर त्यसरी पसल बेचेर ऋण तिर्न भन्दै काठमाडौ फर्किएका छोरी ज्वाई सम्पर्कमा छैनन्।आमाले बरु ज्वाईले जे सुकै गरुन् तर आफ्नो छोरी चाहियो भन्दै आमा रुँदै मिडियामा आएकी छन् ।

प्रतिक्रिया