शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:१७
वासिङटन डिसी 14:32

नेपाली समाज अमेरीकालाई एउटै मालामा गांस्छु— कृष्ण लामीछाने

नातिबाबु भट्ट कोलोराडो अमेरीका २०७८ वैशाख २१ गते ६:४४ मा प्रकाशित


कोलोराडो अमेरीका-गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव प्रचार प्रसार कार्यक्रममा अध्यक्षका प्रत्यासी कृष्ण लामीछाने लगायत उनका टिमबाट कोलोराडोमा सदस्य भेटघाट तथा अन्र्तरकृया कार्यक्रम सम्पन्न भयो।

नेपाली जनसम्पर्क समिती अमेरिकाका पुर्व संयोजक बिष्णु सुबेदीको प्रमुख आतिथ्यतामा कोलोराडोको बु्रमफिलमा सम्पन्न कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो।

कार्यक्रममा बिशिष्ट अतिथी आसनबाट बोल्दै कृष्ण लामीछानेले आफु सानै उमेरदेखी नेपालमा बिभिन्न संघ संस्थामा रहेर समाज सेवा गर्दै आएको र अमेरीकामा पनि समाजिक सेवा जारी राखेको बताए।प्रवासमा नेपालीहरुलाई साथ र सहयोग चाहिने मर्दा र पर्दा हो , त्यसैले आफु निर्वाचन जित्न सफल भएमा मर्दा र पर्दाको एनआरएन बनाउन लागी पर्ने बताए।लामीछानेले आफु बिभिन्न संघ संस्थाको नेतृत्व गर्दै यहासम्म आएको हुनाले संस्थालाई सुद्रिढ बनाउन के गर्नु पर्दछ भन्ने अनुभव भएको दावी गरे।उनले एनआरएनलाई समावेशी, पारदर्शि, गतिशिल तथा सशक्त बनाउनुपर्ने बताए।उनले अमेरिकामा रहेको नेपाली समाजलाई एक आपसमा फुटाएर होईन जुटाएर एउटै मालामा गांस्दै अगाडी बढ्ने प्रण गरे।त्यसैगरी उनले दोहोरो नागरिकता, नेपाल र नेपालीको पहिचाहन दिने सामुदायिक भवन लगायत धेरै कामगर्नुपर्ने आवश्यकता रहेको प्रष्ट्याए।

त्यसैगरी कार्यक्रममा बरिष्ठ उपाध्यक्षका उमेद्धार तथा बर्तमान कार्यसमितीका उपाध्यक्ष कृष्णजिवी पन्थ, उपाध्यक्षका उमेद्धारहरु विकास उपे्रती, पुर्णचन्द्र वानिया, प्रविण केसी, महिला उपाध्यक्ष उमेद्धार ईच्छा बस्नेत, महिला सचिव उमेद्धार सुनिता साप्कोटा, युवा संयोजक ओम गुरुङ, सह कोषाध्यक्ष उमेद्धार बिकल ढकाल, आईसिसि उमेद्धार रविन बज्राचार्य, रामबाबु पाण्डे, साथै बोर्डअफ डाईरेक्टरका उमेद्धारहरु दिवाकर पाण्डे, अशोक केसी, राजेन्द्र जोसी , कमल साप्कोटा, कोलोराडोबाट बोर्डअफ डाईरेक्टरमा उमेद्धार साबु गदाल लगायतका उमेद्धारहरुले आ—आफ्ना उमेद्धारीको कारण राख्दै आफु लगायत लामीछानेको टिमलाई भोट हाली जिताउन सबैलाई आग्रह गरेका थिए । यसैगरी कार्यक्रममा आइसिसीका सचिव गौरी राज जोसी, आइसिसी सल्लाहकार हरिबोल भण्डारी, एनआरएन क्षेत्रीय संयोजक राजन त्रीपाठी,आईसिसी मानार्थ सदस्य प्रतिक पाण्डे, प्रकास साप्कोटा, लोक तिवारी, क्यान्सस च्याप्टरका अध्यक्ष फिलिप केसी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

त्यसैगरी सोही कार्यक्रममा हाल कोलोराडो च्याप्टरका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी रामचन्द्र पन्थले कोलोराडो च्याप्टरमा आफ्नाे टिमले जितेमा आगामी २ बर्षमा के के गर्दछौ र यसको मुल्याङ्कन कसरी हुन्छ भन्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।उनले आफु र आफ्नाे टिम कोलोराडोमा आगामी २ बर्ष सेवागर्न अगाडी बढेकोले यस टिमलाई भोट हालेर जिताउन सबैलाई अनुरोध गरेका थिए।

नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रम,कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बासु खनालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा च्याप्टरका सह सचिव उमेद्धार संजय साक्यले स्वागत मन्तब्य दिएका थिए भने , कोलोराडो च्याप्टरका सचिव उमेद्धार शंकर गुरुङले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी बिष्णु सुबेदी, राष्ट्रिय प्रजातत्र पार्टिका सहमामन्त्री तथा कार्यक्रमका विशेष अथिती प्रेमकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा समाजसेवी बुद्धी लामीछाने, जनसम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारी, एएनए पूर्व अध्यक्ष नविन दत्त, अनेसास वोर्ड अफ ट्रष्टी उपाध्यक्ष पदम बिश्वकर्मा,अनेसास पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल,नेपाली घरका अध्यक्ष लछुमन राना,रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका अध्यक्ष टिका पौडेल, प्रवासी नेपाली मन्चका सन्तोष न्यौपाने, तमुधिका अध्यक्ष चन्द्र गुरुङ,लगायतका बक्ताहरुले कार्यक्रममा शुभकामना मन्तब्य दिएका थिए।

कार्यक्रममा नेवा खःलका अध्यक्ष तथा एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदका उमेद्धार प्रेमकाजी श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर अध्यक्ष श्रीराम लुईटेल, संखुवासभा अमेरिका जनसम्पर्क समिती अध्यक्ष बिनोद गौली लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमको अन्तमा सभापति बासुदेव खनालले उपस्थित सबैलाई धन्यवाद दिदै, सहमती गर्दै मिलेर जानेठाउ कतै बाकी भए त्यसकोलागी आफुहरु सधै तयार रहेको बताए।चुनावमा जादा त्यसको असर लामो समय सम्म रहन्छ जसका कारण भोटमात्र होईन मन पनि तोडिन्छ उनले भने।

-नातिबाबु भट्ट कोलोराडो अमेरीका

प्रतिक्रिया