शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:१४
वासिङटन डिसी 14:29

भर्जिनियाको सीआईए मुख्यालय बाहिर अधिकारीहरूले सशस्त्र व्यक्तिलाई गोली प्रहार

इनेप्लिज २०७८ वैशाख २१ गते १:४९ मा प्रकाशित

भर्जिनियाको सीआईए मुख्यालय बाहिर अधिकारीहरूले सशस्त्र व्यक्तिलाई गोली हानेको जनाएका छन् । सोमबार मे ३ का दिन कम्तीमा एक एफबीआई गुप्तचरले एक हतियारधारी मानिसमाथि गोली प्रहार गरेको अधिकारीहरूले बताएका छन् ।

अहिले साँझ करिव बजेतिर “हतियार लिएर आफ्नो गाडीबाट निस्किएपछि” गोली लागेको र घाइते भएको एफबीआईले एक विज्ञप्तिमा भनेको छ ।

अज्ञात संदिग्धलाई स्थानीय अस्पतालमा लगिएको छ भने उनको अवस्था तत्काल थाहा हुन सकेको छैन भनि डब्लुटिओपी डटकमले समाचारमा उल्लेख गरेको छ ।

एफबीआईले घटनाको समीक्षा गरिरहेको बताएको छ । “समीक्षा प्रक्रिया पूर्ण र वस्तुगत छ, र परिस्थिति अन्तर्गत सकेसम्म छिटो सञ्चालन गरिन्छ,” एफबीआईले भनेको छ ।

प्रतिक्रिया