शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:३९
वासिङटन डिसी 14:54

बिश्व कै पूर्व धनाड्य बिल गेट्स र उनकी पत्नी मेलिंडा गेट्स बीच सम्बन्ध विच्छेद गर्ने घोषणा

इनेप्लिज २०७८ वैशाख २१ गते ०:५९ मा प्रकाशित

बिश्व कै पूर्व धनाड्य बिल गेट्स र उनकी पत्नी मेलिंडा गेट्स बीच सम्बन्ध विच्छेद हुने भएको छ । दुवैले पार पाचुके गर्ने घोषणा गरेका छन् ।

उनीहरुले सम्बन्ध बिच्छेद भने गरि सकेका छैनन् तर सोमवार अव हामी एकै साथ बस्दैनौ भन्ने संकेत दिएका छन् । बिल र मेलिंडा गेट्सले मे ३ सोमबारका दिन हामी सम्बन्धविच्छेद गर्दैछौ भनि घोषणा गरेको समाचार एबिसी न्युजले लेखेको छ ।

तर बिल र मेलिंडा गेट्स उनीहरुको प्रसिद्ध प्रतिष्ठान (फाउन्डेशन) मा सँगै काम गर्ने जनाएका छन् जुन विश्वको सबैभन्दा ठूलो परोपकारी संस्था हो।

उनीहरुले सामाजिक संजाल ट्वीटमा माइक्रोसफ्टका सह-संस्थापक र उनकी पत्नीले उनीहरूले २७ वर्षको वैवाहिक जीवन समाप्त गर्ने निर्णय गरेको भनि सार्वजनिक गरेकी छिन ।

“हामीले तीन अविश्वसनीय बच्चाहरूलाई हुर्काएका छौं र आधार बसाल्छ जुन सबै मानिसहरुलाई स्वस्थ, उत्पादक जीवन जीउन सक्षम बनाउनको लागी एक जग बसालिएको छ,” उनीहरूले एक वक्तब्यमा उक्त कुरा उल्लेख गरेका छन् ।

“हामी आफ्नो परिवारको लागि स्थान (स्पेस )र गोपनीयता माग्दछौं जब हामी यो नयाँ जीवनलाई मार्गनिर्देशन गर्न थाल्छौं।”

प्रतिक्रिया