शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:१६
वासिङटन डिसी 15:31

गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक

इनेप्लिज २०७८ वैशाख २० गते ३:३५ मा प्रकाशित

गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ।युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ।

यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ।गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन्।

म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्।नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु तामांगको मेकअप ,योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन समाबेस रहेको छ।गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।

प्रतिक्रिया