शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:१३
वासिङटन डिसी 15:28

इन्जासँग सहकार्य गर्ने -महासँघ

विश्व प्रेस स्वतन्त्रता दिवस सन्दर्भ

इनेप्लिज २०७८ वैशाख २० गते २:१६ मा प्रकाशित

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(इन्जा)को आयोजनामा अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मे २ तारिक आइतवार वासिंटन डिसी महानगर क्षेत्रभित्र सम्पन्न भएको छ । ईन्जासँग नेपाल पत्रकार महाँसँघलगायतले सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन।

सो अवसरमा नेपाल पत्रकार महासँघमा भरखरै निर्वाचित सभापति विपुल पोख्र्रेल र महासचिब रोशन पुरीले इन्जासँग सहकार्य गर्दै नेपालमा विविध सुधारात्मक कार्य अगाडि बढाउन आफूहरु तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो।

इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुईटेलले सन्चालन गरेको भर्चुअल कार्यक्रम इन्जाका संरक्षक व्दय योगेश उपाध्याय र रामचन्द्र खरेल, सल्लाहकारहरु तीर्थ कोइराला, घमराज लुइेटेल,भगिरथ योगी र कृष्ण धराबासी, बरिष्ठ उपाध्यक्ष विष्णु शीतल उपाध्यक्षहरु टंक पन्त, किशोर सापकोटा, महासचिब शिव विष्ट, सचिब दिपक रिजाल, बोर्ड अफ डाइरेक्टरहरु डोबा ढकाल, भुपेन थापा, अनुराधा पौडेललगायतको संयुक्त संयोजनमा सम्पन्न भएको थियो । अध्यक्ष लुइटेललगायत ईन्जा टिमले विभिन्न सँघ संस्थाहरुसँग सहकार्यका लागि हात अगाडि बढाएको थियो । उता महाँसँघ,सञ्चारिका समूहलगायतका संस्थाका प्रमुख एवम प्रतिनिधिले इन्जासँगको सहकार्यलाई सहर्ष स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

विश्वभर छरिएर रहेका नेपाली मूलका पत्रकारहरु सहभागी भएको उक्त भर्चुअल कार्यक्रममा पत्रकारहरु संजय घिमिरे र नारायण श्रेष्ठले संचारको विश्वव्यापी प्रबृति र नेपाली मिडियाले सुधार्नु पर्ने विषयका बारेमा चर्चा गर्नु भएको थियो भने उहाँहरुको प्रस्तुतीमा छलफल तथा विचार बिमर्श पनि भएको थियो त्यसमा नारायण श्रेष्ठले राजनीतिक नेतृत्वबाट प्रेसले दविनु परेको दृष्टान्त दिदै प्रेसले त्यसतो अवस्थामा प्रतिकार गर्न हिम्मत गर्नु पर्ने अवस्था अमेरिकामा आफूले देखेको चर्चा गर्नु भएको थियो । त्यस्तै अर्का प्रस्तोता सञ्जय घिमिरेले यस बर्ष युनेस्कोले विश्व प्रेस स्वतन्त्रता दिवसका लागि तयार पारेको सन्देश ( इनफरमेशन एज पब्लिक गुड अर्थात “सूचना सार्वजनिक सम्पतिसरह“को विशेष विश्लेषण गर्नु भएको थियो । नेपालको सन्दर्भमा कुरा गर्दै घिमिरेले नेपाली मिडियाले कुनै न कुनै रुपमा श्रोतबाट प्रभावित भएर समाचार लेखिने प्रबृतिले गर्दा सूचना सार्बजनिक सम्पत्ति बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नेपाली मूलका अमेरिकी चिकित्सक डाक्टर मदन उप्रेतीले कोविद्बाट पीडितलाई सहयोग वितरण गर्न वा चिकित्सा सेवा पीडितसम्म पु¥याउन सन्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । डा उप्रतीले सञ्चारकर्मीले कुनैै राजनीतिक आस्थाका आधारमा सूचना सम्प्रेषण गर्नु गल्ति हुने बताउदै सेवाग्राही जुन सुकै विचार राख्ने भए पनि सेवा प्रदायकका लागि सबै समान हुने भएकाले सबैका विचार र अवधारणालाई परावर्तन गर्नु सञ्चारकर्मको धर्म हो भन्नुभयो । डा उप्र्रेती समलग्न सामाजिक संघ संस्थाले भूकम्पको क्षति भएका नेपालका दुर्गम गाउँमा ८ सय भन्दाबढी आबास निर्माण गरी पीडितहरुलाई हस्तान्तान्तरण गरेको थियो ।

त्यसै गरी कोविदको खोप लगाउन समस्यामा परिहेका नेपाली समुदायका कतिपय बरिष्ठ सदस्यहरुलाई काउन्टीसँग समन्वय गरी एक हजारभन्दा बढीलाई डा.उप्रेतीको अगुवाईमा नेपाली स्वास्थ्य कर्मी आफैले खोप लगाइ दिएका थिए । यस्ता सामाजिक कार्यमा संचार कर्मी र संचार माध्यमले ठूलो मदत पुर्याएको डा.उप्रेतीले स्मरण गर्नु भएको थियो।

त्यस्तै महिला पत्रकारहरुको पुरानो संस्था सञ्चारिका समूहका अध्यक्ष नीतु पंडित तथा पूर्व अध्यक्ष बविता बस्नेतले पत्रकारितामा महिला सञ्चारकर्मीले भोग्नु परेका समस्याहरु उठाउनु भएको थियो।

कार्यक्रममा इन्जाद्धारा प्रदत्त विभिन्न पुरस्कारका विजेताहरुको पनि सहभागिता थियो । कार्यक्रममा विजेता निरा गौतमले अहिले पनि पत्रकारितामा केन्द्र र मोफसलबीचको असहज दूरी कायम रहेको र यसबाट मोफसलका संवाददाताहरुमा केन्द्रका संचारगृहबाट भेदभाव भएको महसुस हुने गरेको चर्चा गर्नु भएको थियो ।

 

प्रतिक्रिया