शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३३
वासिङटन डिसी 15:48

निरजराज सत्यालको क्यान्सर उपचारार्थ अभियान सुरु (गोफण्ड लिंक सहित)

इनेप्लिज २०७८ वैशाख १९ गते २२:३७ मा प्रकाशित

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग अभियान सुरु भएको छ । त्रिचन्द्र कलेजमा २०५७ सालमा स्ववियु सदस्य समेत रहेका सत्याल क्यान्सरवाट पीडित भएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा दुइ वर्षदेखि उपचार गराइरहेका छन् ।

उपचारका लागि आर्थिक अभाव वढ्दै गएपछि अमेरिकाको टेक्सास निवासी उज्वल खत्रीले गोफण्डमीमा खाता खोलेर सवै मनकारी महानुभावहरुलाई सहयोगका लागि अपिल गरेका छन् । गोफण्डमी खातामा अहिलेसम्ममा ३ हजार ८ सय डलरभन्दा वढी जम्मा भइसकेको छ ।

सहयोगका लागि लिंक :

https://gofund.me/0b3ab1eb

प्रतिक्रिया