शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:३६
वासिङटन डिसी 14:51

न्युयोर्कको क्विन्स अस्पतालले गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरलाई निरन्तरता दिन आग्रह

इनेप्लिज २०७८ वैशाख १९ गते १०:५० मा प्रकाशित

१ मे २०२१,न्युयोर्क,अमेरिका: गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले निरन्तर मानविय सेवा र सहयोग अन्तर्गत आफुहरूले समुदायका महानुभाव हरूलाई कोरोना विरूद्द खोप दिने शिलसिलामा आज फेरि क्विन्स अस्पतालकै आग्रहमा पाँचौपटक क्विन्स हस्पिटल जमैका सँग समन्वय गरी स्वयंसेवकीय भुमीका निर्वाह गरेको छ।

सो कार्यमा फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा,प्रवक्ता एवं कार्यसमिती सदस्य रामचन्द्र अधिकारी,कार्यसमिती सदस्य ध्रुव क्षेत्री कुँवर,स्वयंसेवी द्वयटेम्बा नुर्वु लामा र तेज सुनार विहानै देखी खटीनुभएको थियो।करीव ५०० जना सेवाग्राही हरूलाई लाईनमा वसाल्ने,फर्म भराउने,भाषाजन्य सहयोग गर्ने लगायतकामानवीय सहायता गर्न वहाँहरू लागी पर्नु भएको थियो।

हस्पिटल प्रशासनसँग समन्वय गरी छुट्टै सहायता डेक्स खडागरी विगत १ महिना अगाडीदेखी फ़ाउन्डेशनले अग्रणी भुमीका निर्वाह गर्दै आईरहेको छ।फाउन्डेशनले हाल सम्म प्रत्यक्ष रूपमा करीब १५०० जनालाई सहयोग गरेको कुरा प्रवक्ता अधिकारी वताउनुहुन्छ।

फाउन्डेशनको यस्तो मानवीय सहायता प्रती प्रशन्नता प्रकट गर्दै प्रशासन एवं खोप शाखा निर्देशक सरोजिनी कुमारले फाउन्डेशनको यो सहयोगको हस्पिटल प्रशासनले उच्च मूल्याँकन गरेको र आगामी दिनहरूमा आवश्यक परेको अवस्थामा थप साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।सो कार्यक्रम गर्न पाएकोमाआफुहरू गौरवान्वित भएको कुरा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वताउनुभयो।फाउन्डेशनका कार्य समिती सदस्य ध्रुव कुँवर क्षेत्रीले आफु सदा सहयोगकोलागी लागीपर्ने कुरामा जोड दिनुभयो र वॅंहाले सेवा नै धर्म हो भन्नु भयो।

 

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले क्विन्स हस्पिटल समुदाय सल्लाहाकार संचालक समितिका अध्यक्ष एवंक्विन्स डेमोक्रेटिक लिडर डा.एन्थोनी एनड्र्युज जुनियर,ग्रेगरी महावी, स्टेफेन मनरो,डा राव र सरोजीनी कुमार लगायत सम्पूर्ण प्रशासनप्रती धन्यवाद प्रकट गर्दैआफुहरूलाई यो पवित्र मानविय सहयोगमा योगदान दिने मौका दिनुभएकोमा धन्यवाद प्रकट गर्नुभयो।

प्रतिक्रिया