शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:४३
वासिङटन डिसी 14:58

नेपाली पाठशालाले दीक्षान्त समारोह आयोजना गर्दै

इनेप्लिज २०७८ वैशाख १८ गते १३:३७ मा प्रकाशित


टेक्सास । नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाले मे २ आइतवारका दिन दिउसो १ बजेबाट दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ। गत जनवरी ९ वाट नेपाली पाठशालाले स्प्रिङ्ग सेसन शुरु गरेको थियो ।

नेपाल बाहिर रहेको नेपालीहरुद्वारा संचालित संभवत सवैभन्दा ठुलो यो नेपाली पाठशाला सन् २००४ मा शुरुभएको थियो र यस स्कूलको २०२१ स्प्रिङ्ग सेसनमा मात्र ४०० भन्दा बढी बिद्यार्थीहरु भर्ना भएका थिए। हरेक बिद्यार्थीहरुले भर्ना हुन प्रति बिषय प्रति बिद्यार्थी प्रति सेमेस्टर २० डलर शुल्क रहेको छ।

आइतबार दीक्षान्त समारोह पनि भचुैअल माध्यमवाट नै हुनेछ। समारोहको अवसरमा केही विद्यार्थीहरुले आफ्नो घरमै बसेर जुमबाटै आफ्नो प्रतिभाहरु प्रस्तुत गर्नेछन। उनीहरुले नाचगानका अतिरिक्त आफ्ना प्रतिभाहरु प्रस्तुत गर्ने जानकारी स्कुलका प्रिन्सिपल विजयराज भट्टराईले जानकारी दिए।

यस पाठशालामा नेपाली लेख्ने, पढ्ने, नैतिक शिक्षा, पब्लिक स्पिकिङ्ग तथा लिडरशिप, योगा, वेबसाइट डिजाइन तथा डेभलपमेण्ट का अतिरिक्त क्रियाकलाप नृत्य, गायन, कथा वाचन सवै कुराहरुको छुट्टाछुट्टै कक्षा संचालन गरिएको छ। स्कूल हप्ताको ४ दिन (शनिवार, आइतवार, मंगलवार र बिहिबार) संचालन हुदै आइरहेको छ।

कोरोना अघि भौतिक रुपमा कक्षाकोठामै पढाई हुने यस स्कूल कोरोना भाइरसका कारण गत २०२० मार्च देखि जुम प्रविधि प्रयोग गरेर भर्चुअल (अनलाइन) बाट बालबालिकाहरुलाई पढाउंदै आएको छ।

स्कूलमा शिक्षकहरु भोजबहादुर बलायर, सुशील चौधरी, डा होम आचार्य, श्रद्धा अधिकारी, पशुपति तिम्सिना, र बटुक बिष्टले अध्यापन गराएका थिए। केही हप्ताको ब्रेक पछि पुन: अतिरिक्त कृयाकलाप समेत समेटिने गरी समर कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया