बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:३८
वासिङटन डिसी 13:53

हाम्रा पिताश्री हामी बीच रहनु भएन

इनेप्लिज २०७८ वैशाख १८ गते ११:१८ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,

इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो

अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका हामी दुई दाजुभाई विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृ शोक परेको छ । हाम्रा पिता हेडम बहादुर थापाको निधन ९० बर्षको उमेरमा २०७८ साल बैशाख १८ गते आज बिहान ३ बजे निजनिवास काठमाडौमा हृदयघातबाट भएको हो ।

नेपालको धनकुटा मुगा गाउ पालिका घर भै हाल बालुवाटार निवासी स्व थापाका पाँचै छोराहरु परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्छौ ।

पिताको जन्म १९८८ कार्तिक १६ गते सोमवार धनकुटा मुगामा भएको हो भने मृत्यु २०७८ शनिबार ,बैशाख १८ बालुवाटारमा भएको छ । पिताश्री लामो समय सम्म शिक्षण पेशामा रहनु भएको थियो भने ग्लोबल भ्वाइस इन्टरनेसनल भन्ने मासिक पत्रिकाको सम्पादक रही केही बर्ष काम गर्नु भएको थियो ।

त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गर्नु भएका पिताश्री  कलेज(महाबिद्यालय)मा पनि प्राध्यापन गराउनु भएको थियो । पिताश्री अमेरिकामा रहेका काइला छोरा हाम्रा भाई बिनोद बहादुर थापाले बुवालाई २-३ पटक अमेरिका बोलाएका थिए ।

स्व हाम्रा पिता अमेरिकाको अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) प्राप्त गरेता पनि पछि अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) दशकौ सम्म अमेरिका नगए पछि स्वत निष्क्रिय भएको हो । स्व थापाको धर्मपत्नी तीर्थ कुमारी थापा(हाम्री आमा )स्व बुवा संगै बालुवाटारमै बसोबास गर्नु हुन्छ भने जेठी छोरी शारदा सिलवाल पनि ताहचलमा हुनु हुन्छ ।

पिताश्री अंग्रेजीमा लेख लेख्ने र बिशेष गरि व्याकरण अंग्रेजी साहित्यमा रुची राख्नु हुन्थ्यो । महामारीको यस्तो अवस्थामा छोराहरु अमेरिकामा रहेकोले केही छोराहरु नेपाल पुगे पछि अन्त्यष्टिकार्य र अन्तिम श्रद्धाञ्जली हुनेछ ।

यस दुखद खबरले बिदेशमा रहेका पाचै छोराहरु मर्माहत भएका छौं।

प्रतिक्रिया