जटिल बन्दै पूर्वरानी कोमलको स्वास्थ्य, प्लाज्मा थेरापीले पनि सुधार नभएपछि भेन्टिलेटर लगिदै

इनेप्लिज २०७८ वैशाख १८ गते २:४६ मा प्रकाशित

कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ।कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिएर उपचार भइरहेको ।थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा समस्या थपिँदै गएपछि उनलाई अक्सिजनको मात्रा बढाइनुका साथै प्लाज्मा दिइएको छ।स्वास्थ्यमा सुधार नभएपछि बुधबार बेलुका उनलाई आईसियूमा सारिएको थियो।

उपचारमा संलग्न डा.जेपी जयसवालले भने,‘हाल १० लिटर अक्सिजन प्रतिमिनेट दिनुपरेको छ,उहाँको अवस्था स्थिर छ। पूर्वराजा ज्ञानेन्द्रको भने स्वास्थ्य अवस्था सामान्य छ।’निजामती कर्मचारी अस्पतालका निर्देशक प्राडा.विधाननिधि पौडेलका अनुसार सामान्यतया अक्सिजनको लेभल कम भएका बिरामीलाई एक मिनेटमा ५ लिटरसम्म अक्सिजन दिनुपर्छ।तर,अवस्था गम्भिर हुँदै गएमा बढाउँदै लैजानुपर्छ।एक मिनेटमा १० लिटर अक्सिजन दिनु जोखिमपूर्ण अवस्था हो।

जति अक्सिजनको मात्रा बढ्दै जान्छ,त्यति नै बिरामीको अवस्था जटिल बन्दै जान्छ।उच्च जटिल र सामान्य अवस्थाको बीचको अवस्थामा सो मात्रामा अक्सिजन दिनुपर्ने हुन्छ।पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्य अवस्था भने सन्तोषजनक रहेको अस्पतालले जनाएको छ।कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा,पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते नर्भिकमा भर्ना भएका थिए।

भिडियो सहित

प्रतिक्रिया