शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४०
वासिङटन डिसी 15:55

एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको सदस्यमा साबु गदाल कार्कीको उम्मेदवारी

इनेप्लिज २०७८ वैशाख १६ गते ०:३२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको सदस्य पदमा साबु गदाल कार्कीले उम्मेदवारी दिएकी छिन । रेडियो नेपालमा कार्यक्रम प्रस्तोता, निर्माता र लेखक ,साहित्य लेखन, बिशेष गरि गीत लेखन तर्फ सक्रिय रहदै आएकी कार्कीले आफ्नो छोटो परिचय सहित उम्मेदवारी घोषणा गरेकी छिन ।

गीत सगीत तथा चलचित्र निर्माणमा उनि लामो समय देखि निरन्तरता दिई रहेकी छिन । उनि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कोलोराडो राज्य समिति (इनास) -२०१४-२०१८ को अध्यक्ष ,कोलोराडो-अमेरिकाका लागि सदभावना दूत, नेपाल पर्यटन बोर्ड (२०१७-हालसम्म),आजीवन सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लगायतमा संलग्न भएको उल्लेख गरेकी छिन ।

उनले आफ्नो उम्मेदवारीको उद्देश्य र गर्ने कामहरु समेत बुदागत रुपमा ब्याख्या गरेकी छिन ।

उनको परिचय ,कामआ अनुभव र प्रतिबद्धताहरु जस्ताको त्यस्तै :

नेपालमा रहँदा बि. सं. २०४९ साल देखि २००६ सम्म रेडियो नेपालमा कार्यक्रम प्रस्तोता, निर्माता र लेखकको रुपमा काम ,सोहि समयदेखि नै साहित्य लेखन, बिशेष गरि गीत लेखन तर्फ समेत सकृयता बढ्दै गयो। पछि सपरिवार अमेरिका बसाई सारियो। साथै सामाजिक कार्यमा अनवरत लाग्दै आएको गीत संगीत, उदघोषण तथा चलचित्र क्षेत्रमा संलग्नता यस प्रकार छ।

गीत सगीत तथा चलचित्र निर्माण:

साहारा (सांगीतिक एल्बम -२००६) सन्
रिवाज (सांगीतिक एल्बम -२०११)
हे आमा (सांगीतिक भिडियो) २०१५
दर्पण छायाँ २ (निर्माता तथा गीत लेखन) २०१७
तिम्रो बन्न सकिन(२०२०) सांगीतिक भिडियो

(गीति रचनाहरुमा संगीत तथा स्वर दिने गायक एवं संगीतकारहरु:

संगीतकार: आलोक श्री, टिका भण्डारी, राजु सिंह, चन्दन लोम्जेल, बलान्दा राई ( अर्जुन पोखरेल)।
स्वर: राम कृष्ण ढकाल, राजेश पायल राई, याम बराल, शिव परियार, स्वरुप राज आचार्य, सपना श्री, अन्जु पन्त, साधना सरगम, मेलिना राई, कर्णदास, यस कुमार, दीपक लिम्बु, बलराम समाल, कृष्णभक्त राई, कल्पना दाहाल।

कार्य अनुभव

कार्यक्रम उदघोषण तथा ब्यबस्थापन, रेडियो नेपाल-कार्य अनुभव
कार्यक्रम उदघोषण तथा ब्यबस्थापन, रेडियो नेपाल- (जनवरी, १९९८- नोभेम्बर २००४)
, कार्यक्रम निर्माता तथा उदघोषक

संस्थागत संलग्नता:

अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कोलोराडो राज्य समिति (इनास) -२०१४-२०१८
महादेशीय (क्षेत्रीय) संयोजक, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिका क्षेत्रीय समिति- २०१५-२०१७
सह-कोषाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समिति
उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समिति- २०१९-२०२१
कोलोराडो-अमेरिकाका लागि सदभावना दूत, नेपाल पर्यटन बोर्ड (२०१७-हालसम्म)
आजीवन सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)

NRNA-NCC, USA मा मेरो उम्मेदवारी:

१. गैह्र आवासीय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको हर हित र अधिकारको रक्षा गर्न र आफ्नो मातृभूमि नेपालसंग प्रवासी नेपालीहरुको सम्बन्धलाई अक्षुण्ण राख्ने पूलको रुपमा काम गर्न स्थापित संस्था हो।

यो मात्र प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने सरकारी मान्यता प्राप्त आधिकारिक संस्था हो। यहि संस्थाको माध्यमबाट नै प्रवासी नेपालीहरुको आवाज नेपाल सरकारले सुनुवाई गर्दछ।

यस पटकको गैह्र आवासीय नेपाली संघ, अमेरिकाको बोर्ड मेम्बर पदमा मैले पनि उम्मेद्वारी दिएको छु। मेरो उम्मेदवारीको उद्देश्य र मैले गर्ने काम हरु:
२.संस्थाको उद्देश्य पुरा गर्न बिधान बमोजिम प्राप्त पदिय जिम्मेवारीको इमान्दारितासाथ पालन गर्ने
३. संस्थाको गरिमा उच्च राख्न अनुशासन र मर्यादा भित्र रहेर रचनात्मक परियोजना(प्रोजेक्ट) बनाई कार्यसमितिमा उचित प्रस्ताव पेश गर्ने र संस्थाको निर्णय पश्चात लागु गर्न मद्दत गर्ने।
४. संस्थाको उदेश्य, कृयाकलाप र गतिविधिलाई पारदर्शी ढंगले समुदायमा अद्यावधिक प्रस्तुत गर्ने बारे कार्यसमितिमा धारणा बनाउने र यसलाई लागु गर्न आवश्यक भए दवाव समेत दिने
५. समुदायमा आइपर्न सक्ने आकस्मिक घटना दुर्घटना लाई मध्ये नजर राखेर आवश्यक आकस्मिक कोष खडा गर्न र त्यसको पारदर्शी ढंगबाट प्रयोग गर्ने बारे आफ्नो प्रभावकारी सुझाव पेश गर्ने
६. आर्थिक गतिबिधिका बारे देखा पर्ने वा हल्ला चल्ने अनियमितता सम्बन्धि समस्या निराकरण गर्न आर्थिक गतिविधिको पारदर्शिता मा बिशेष ध्यान दिन कार्यसमितिलाई सुझाव दिने र यस काममा आवश्यक सहयोग गर्ने।
७.संस्थाभित्र गठित विभिन्न टास्क फोर्स हरुलाई नामको लागि मात्रै नराखेर परिणाममुखी काम गराउने बारे कार्यसमितिलाई गम्भीर बनाउनेमा भूमिका खेल्ने।
८.संस्थाले सुम्पिएको अल्पकालीन वा दिर्घकालिन जिम्मेवारी बहन गरि इमान्दार साथ् काम गर्ने।

प्रतिक्रिया