विमल तामाङको अध्यक्षतामा जनजाति महानगर कमिटी गठन

इनेप्लिज २०७८ वैशाख १५ गते २२:३१ मा प्रकाशित

विराटनगर,१५ बैशाख।नेकपा एमाले(नेपाल–खनाल) समूहको लोकतान्त्रिक आदिवासी जनजाती महासङ्घ बिराटनगर महानगर कमिटी बिमल तामाङको अध्यक्षतामा ४१ सदस्यीय गठन भएको छ।

कमिटीको उपाध्यक्षद्वयमा प्रेम गुरुङ र शुचि उराँउ सचिवमा बिरु तामाङ,सह–सचिव मुकेश धिमाल र कोषाध्यक्षमा सबिन चौधरीलाई चयन गरिएको छ।

नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य महेश रेग्मी,प्रदेश कमिटी सदस्यद्वय रबिन नगरकोटी,कमल भट्ट,महानगर कमिटी अध्यक्ष पारुल क्षेत्री,जिल्ला उपाध्यक्ष डा उद्धव पोखरेल सचिव राजन केसी र लोचन राई लगायतको भेलाले उक्त कमिटी चयन गरिएको हो।

प्रतिक्रिया