शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:२०
वासिङटन डिसी 15:35

भर्जिनियामा अध्यक्ष पदका उमेदवार डा. अर्जुन बन्जाडे तथा उहाका समूहसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०७८ वैशाख १४ गते २१:४५ मा प्रकाशित

भर्जिनियामा गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्ष पदका उमेदवार डा. अर्जुन बन्जाडे तथा उहाका समूहसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

डा बन्जाडे सहित करिव १५ अन्य विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेद्वारहरु समेतको उपस्थिति हुनेछ । २०२१-२०२३ कार्यकालका लागि अध्यक्ष पदका उमेदवार (हालका वरिष्ठ उपाध्यक्ष) डा. अर्जुन बन्जाडेले आफ्ना कुराहरु र आफ्ना भावी योजना समेत राख्नु हुनेछ ।

एनआरएनए भर्जिनिया शाखाले कार्यक्रमको सहजिकरण गर्ने छ ।

बिस्तृत जानकारी यस प्रकार छ ।

हार्दिक निमन्त्रणा

भर्जिनीयाबासी आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू, स्थानीय संघ-संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्य प्रतिनिधिहरु र पत्रकार मित्रहरू,

हामी भर्जिनियावासीहरु हाम्रो राज्यमा आउन चाहने सबै उमेदवारहरुका विचारहरु सुन्न बरोबरी अवसर उपलब्ध गराउन प्रतिबद्द छौं। साथै एनआरएनए अभियानका सन्दर्भमा आफ्ना विचारहरु राख्न ईच्छुक सबैलाई आगामी कार्यक्रममा उपस्थित भई दिनु हुन हामी हार्दिक अनुरोध गर्दछौं।

यही शनिवार गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद,अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्ष पदका उमेदवार (हालका वरिष्ठ उपाध्यक्ष) डा. अर्जुन बन्जाडे दिनुभएका करिब १५ जना यहाँ हामीहरु समक्ष भेटघाट तथा अन्तरक्रियाका लागि आईपुग्दै हुनुहुन्छ।

यस भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन हामी सम्पुर्ण भर्जिनियाबासी एनआरएनए अभियानका शुभ चिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं।

हाम्रो भर्जिनियामा यस पटक सदस्यता संख्या तीन गुणा बढे सँगै अमेरिका भरीबाट विभिन्न पदहरुमा उमेदवारी दिनु भएका विभिन्न राज्यका मित्रहरु आफ्ना विचारहरु राख्न आउने क्रममा बढोत्तरी भैरहेको छ।

हाम्रो एनआरएन अझै राम्रो, बलियो र गतिशिल बनाउने सन्दर्भमा यस्ता छलफल र अन्तरक्रिया निरन्तर चलिरहनु पर्छ र चलाई रहनु पर्दछ भन्ने हामी ठान्दछौं।

Date : 05/01/2021 Saturday
Time : 3:30 to 7:30 PM Sharp
Venue: Tandoori Restaurant
10312 Willard Way, Fairfax, VA 22030

एनआरएनए भर्जिनिया च्याप्टरले कार्यक्रमको सहजिकरण गर्नेछ।

नोट: उपस्थित सबैले मुखावरण (मास्क )अनिवार्य लगाउन पर्नेछ।

 

प्रतिक्रिया