न्युयोर्कबाट उर्मिलाले ल्याईन ‘माया बैगुनी’ ( भिडियो )

इनेप्लिज २०७८ वैशाख १३ गते १६:१७ मा प्रकाशित

काठमाडौं।केहि महिना अघि गायक यम बराल संगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा बटुलेकी गायिका उर्मिला लाम्गादेले आफ्नो नयाँ कोशेली ‘माया बैगुनी’ सार्वजनिक गरेकी छिन्।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ।गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन्।म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो लिंक:

प्रतिक्रिया