गैर आवसीय नेपाली संघ,अमेरिका-प्रेस विज्ञप्ती – राष्ट्रिय युवा सम्मेलन

इनेप्लिज २०७८ वैशाख १३ गते ११:४५ मा प्रकाशित

गैर आवसीय नेपाली संघ, अमेरिका अन्तर्गतको युवा एवं विद्यार्थी टास्कफोर्स कमिटिद्वारा आयोजना गरिएको दोस्रो ऐतिहासिक राष्ट्रिय युवा सम्मेलन (भर्चुअल) आज आईतबार (अप्रिल २५, २०२१) सम्पन्न भयो । सक्षम, सबल, सुदृढ र सम्बृद्ध एनआरएन अमेरिका निर्माणका लागि युवाहरुलाई एकीकृति गर्दै उनीहरुको ज्ञान, सीप र दक्षतालाई पहिचान गर्नु र यथोचित अवसर प्रदान गर्नु आजको आवश्यकता हो भन्नेमा सम्मेलनमा सहभागी सबै युवावर्ग र अग्रज महानुभावहरुको एउटै मत रह्यो।

यूवा सम्मेलन सम्पन्नार्थ विभिन्न तह र तप्काबाट आफ्नो महत्वपूर्ण समय प्रदान गर्नुहुने युवा तथा विद्यार्थी टास्कफोर्सका साथीहरु, एनआरएनए अमेरिकाका बर्तमान कार्यसमितिका अध्यक्ष सुनिल शाह, महासचिव पशुपति पाण्डे लगायत राष्ट्रिय एवं अन्तराष्ट्रिय समितिका सम्पुर्ण पदाधिकारीहरु, पत्रकारहरू प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । साथै, सम्मेलनमा Youth Vision For NRNA, Opening Ceremony, Student Town Hall, Discussion with Students and NRNA Leaders, Youths in Mainstream Politics, Financial Markets and The Economy Today, Mental Health, Empowering Approach to Women Issues, “Brain – Chain” – the key to Better Future for Nepali Youth and the NRNs ‘Drug Abuse’ विषयक छलफलमा सहभागी सम्पूर्ण बक्ताहरु र सहजकर्ता (Moderator)लाई हार्दिक धन्यबाद।

सम्मेलनको उद्घाटन समाहरोमा पाल्नुभई समग्र एनआरएनए अमेरिका एवं यूवा तथा विद्यार्थीहरुको बृहत्तर हितको पक्षमा आफ्ना कुराहरु राखिदिनुभएकोमा अमेरिकाका लागि नेपाली राजदूत महामयिम डा. युवराज खतिवडाप्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु।

अन्तमा, यो दूईबर्षे कार्यकालको दौरानमा युवा र विद्यार्थीहरुको समष्टिगत विकास र सम्बृद्धिका लागि यूवा र विद्यार्थी टास्कफोर्स समितीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने साथीहरुलाई हार्दिक आभार । आगामी दिनमा पनि यो अभियानमा यहाँहरुको प्रभावकारी उपस्थिति र भूमिका रहने अपेक्षा गर्दै निकट भविष्यमा युवा र बिद्यार्थी टास्कफोर्समा आउनुहुने पदाधिकारी साथीहरुलाई अग्रिम शुभकामना।

विनोद रुवाली
यूवा संयोजक
गैर आवसीय नेपाली संघ,अमेरिका

प्रतिक्रिया