ज्यानलाई भो खतरा’ गीत सार्वजनिक

इनेप्लिज २०७८ वैशाख १० गते ९:३३ मा प्रकाशित

गायक बिक्रमजंग शाहले नयाँ गीत ‘ज्यानलाई भो खतरा’ गरेका छन्।रोमान्टिक नम्बरमा बिक्रमजंगसँगै गायिका अन्जु पन्तको स्वर छ।लेखु सहयात्रीको शब्द सिर्जना रहेको गीतमा सुवाष भुषालको संगीत छ।भने,पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको छ ।

मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन छ भने, गोबिन्द राईले कोरियोग्राफीको काम सम्हालेका छन्।

गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रविन्द्र रिमाल फिचर्ड छन्।

सार्वजनिक गीतलाई लिएर गायक शाह निक्कै उत्साहित हुँदै भन्छन ‘मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोशेली पस्किने कोशिस गरेका छौँ।आशा दर्शकले मन पराइदिनु हुनेछ।’

रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ।छायांकार हुमागाईंले मुस्ताङ आसपासको दृश्यलाई सुन्दर रुपमा कैद गरेका गरेका छन्।

सिता तामाङ केसीले मेकअप,राजेन्द्र कमल राईले ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)ले पोस्टर डिजाइनको काम गरेका छन् ।

गीतको भिडियोलाई सबस्त ईन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

टिकटक प्रयोगकर्ताको लागि अवसर

‘ज्यान भो खतरा’ बोलको गीतले टिकटक प्रयोगकर्ताको लागि सुवर्ण अवसर ल्याएको छ।गायक बिक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइनेछ।

यो सुवर्ण अवसर प्राप्त गर्नलाई यो गीतमा टिकटक बनाएर ह्याजट्याग ‘ज्यानलाई खतरा’ लेखेर पोस्ट गर्नु पर्नेछ।

प्रतिक्रिया