आशुको आवाज

बिनोद पोख्रेल २०७८ वैशाख ९ गते २२:०४ मा प्रकाशित

कसले सुन्छ र आशुको आवाज
हरेक थोपा बोली रहेको हुन्छ
कसले सुन्छ परेलीको चित्कार
मुटु भित्र आफै जली रहेको हुन्छ
जब भक्कानिन्छन बन्द गरेका परेलीहरू
ज्वालामुखी बाट निस्किए जस्तो
सुस्साउदै निस्कन्छन आशुका बाडीहरू
दुई वटा आँखा भएकाले देख्दैनन्
दुई वटा कान भएकाले सुन्दैनन्
केवल मन दुखेकाले अनुभुती गर्छन्
ह्रदय टुटेकाले विश्वास गर्छन्
उसको त्यो गह्रुङ्गो आवाज
दुई थोपा आशुले बोकी रहेको हुन्छ
हिम नदी फुटेर आएको बाडी झैँ
दुई वटा परेलीले रोकी रहेको हुन्छ
कसैले सुन्दैनन् उसको पिडा
कसैले पढ्दैनन् उसको कथा
कसैले अनुभूति गर्दैनन् उसको व्यथा
तर पनि अनमोल त्यो आशु
आवाज विहीन भएर बगिरहेको हुन्छ
कथाहरू बन्न सक्न ती आशुमा
समाचारहरू बन्न सक्छन् ती आशुमा
इतिहास लेखिन सक्छन् ती आशुमा
दुनियाले आशुको आवाज नसुने पनि
एउटा आवाज बनेर विस्फोट हुन सक्छ
र त्यस्ता घेरै आवाजहरू जोड्न सक्छ
तर पनि आवाज विहीन त्यो गह्रुङ्गो
त्यो दुई थोपा परेली भित्रको आशुले
माया, प्रेम र सद्भाव बोक्न सक्छ
अन्याय अत्याचार र घृणा रोक्न सक्छ
र ह्रदयको आवाजलाई जोख्न सक्छ !!

बिनोद पोख्रेल
हाल : काठमाडौँ

प्रतिक्रिया