प्रेम स्वार्थ : कबिता

शारदा केसी २०७८ वैशाख ९ गते ०:३४ मा प्रकाशित

तिमि जस्तै स्वार्थी म पनि हुन सक्थे।
मेरो लागि स्वार्थ भन्दा ठुलो प्रेम थियो।

टुसापलाउदै गर्या सानो बिरुवा थिए म्।
सकि नसकि मलजल गर्थे म ।

मायाको मल जलमा हुर्कन्दै थे।
जिन्दगीका सारा सपना बुन्न्दै थिए।

तिम्रा बोलि हरुमा अ्मृतवाणी हुन्थे।
तिम्रो बोलि नसुन्दा अत्यास निरास हुन्थे।

खोइ आज ति दिन कता गए।
तिमिले नि मलाइ नदेख्दा तिमि अतालिन्थ्यौ।

तिमि नि खोज्थौ म नि म नि खोज्थे।
तिमिले किन बिचमा छाडि गयौ भन त् ?

के तिमि स्वर्थ पुरा गर्न मात्र अएका थियौ।
के म तिम्रो खेलौना गुडिया थिए भन् त ?

म त तिम्रो मायामा हुर्क्न्दै गर्या प्रेम थे।
तिमि स्वार्थि रेछौ तिमिले त भुल्यौ प्रिय ।

तिमि जस्तो स्वर्थि म हुन सकिन्।
मन मुटु देखि गर्या माया थ्यो प्रिय ।

तिमि जस्तै स्वर्थि म पनि हुन सक्थे।
मेरो लागि स्वार्थ भन्दा ठुलो प्रेम थियो ।

प्रतिक्रिया