शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:२३
वासिङटन डिसी 15:38

एन्काको नया बर्ष र साधारण सभा सम्पन्न

इनेप्लिज २०७८ वैशाख ९ गते ०:२० मा प्रकाशित

बर्ष देखि आफ्ना विभिन्न कार्यक्राम हरु जुम मार्फत गर्दै आएको एन्का ले यसपालीको नया बर्ष र बार्षिक साधारण सभा पनि जुम मार्फत नै गरियो।
कोरोनाको कारण भेटघाट गर्न असहज बनेको परिस्थितिमा जुम मार्फत कार्यक्रम गरिएको हो र साथै बार्षिक साधारण सभा पनि समापन गरिएको हो।कार्यक्रम संस्थाका सचिब बिष्णु डुम्रेले संचालन गर्नु भएको थियो।संस्थाका उपाधक्ष्य प्रकाश शर्माले स्वागत मन्तव्य मार्फत कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो।सस्थाका अधक्ष्य लक्ष्मी खड्काले सस्थाले गरेका कामका बारे बिस्तृत जानकारी गराउनु भएको थियो र उक्त विभिन्न काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो।एन्का दर्ता गर्न सहयोग गर्ने पुरुषोत्तम बोहोरा ,५०१ सी दर्ता कर भुक्तान तथा बित्तिय परामर्शको लागि दिपेन्द्र तिवारी,संस्थाको वेब साइट निर्माण,सदस्यता र अनलाइन भोटिंगका लागि सुलभ खड्का,एङ्काको लोगोको लागि अर्जुन थापा र सौरभ खड्का संस्थाको लेखा ब्यबस्थापनको लागि शंखर के सी ,नेपाली भाषा पाठशालाको लागि डमरु पौडेल ,आकस्मिक कोषको लागि बाबुराम अधिकारी,नेपाली कलेण्डर डिजाइन तथा प्रकाशनको लागि अर्जुन थापा,नानी बाबुहरुको लागि शिक्षा ब्रिज कोर्सको सेमिनारको लागि सफल डुम्रे र समुह,निर्वाचन समिति एक नारायण सुबेदी र टिम ,सामुदायिक भवन प्रक्रियाको लागि राम खनाल र टिम ,विभिन्न संगठनहरुसंग सहकार्यका लागि बुद्धी ज्ञवाली ,आन्तरिक लेखा परिक्षणको लागि सन्त कुवर ,ग्रीन डट कार्यक्रमको लागि बुद्ध अधिकारी,एन्काको ब्यानरको लागि गणेश काफ्ले।देउसी भैलो समुह ,विभिन्न कार्यक्रममा सहकार्यको लागि एन आर एन ए केन्टकी ,इनास केन्टकी लाइ बिशेष धन्यवाद दिनु भएको थियो।

त्यस्तै कोरोनाको यो विषम परिस्थितिमा विभिन्न जुम मिटिंग मार्फत सल्लाह सुझाब तथा सहयोग गर्नु हुने डा आशिस मास्के ,डा मितु कार्की मास्के ,डा निशान्त त्रिपाठी ,डा कल्याण सुबेदी लाइ पनि बिशेष धन्यवाद दिनु भएको थियो।संस्थाकी कोषाधक्ष्य मंजु खनालले संस्थाको अर्थिक कारोबार ,आए श्रोत आकष्मिक कोष अन्य आय तथा व्यय बिवरण को जानकारी गराउनु भएको थियो।

त्यस्तै कार्यक्रम मा बोल्दै संस्थाका शिक्षा समितिका संयोजक डमरु पौडेल ले शिक्षा समितिले गरेका काममा का बारेमा बोल्नु भएको थियो र पाठशाला संचालन देखि हाल सम्म सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भएको थियो।

कार्यक्रममा विभिन्न समयमा विभिन्न कार्यक्रम मा उत्कृष्ट हुने नानी बाबुहरुलाई पुरुस्कार पनि वितरण गर्नु भएको थियो।संस्थाका उपाधक्ष्य अजय अर्यालले संस्थाले भाबी दिनहरुमा गर्नु पर्ने कार्ययोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो र नया कार्य समितिलाई तेस सम्बन्धमा सुझाब पनि दिनु भएको थियो। इनास केन्टकी का महासचिब अर्जुन थापाले सबैमा नव बर्षको शुभकामना दिनु भएको थियो साथै नया बनेको कार्य समितिलाई बधाई तथा शुभकामना पनि दिनु भएको थियो। तेस्तै एन आर एन ए केन्टकी च्याप्टरका अधक्ष्य डिलु पराजुलीले संस्थाले धेरै राम्रा काम गरेको र आगामी दिनमा झनै उत्कृष्ट काम गर्दै जानेमा बिश्वस्त रहेको पनि बताउनु भयो।संस्थाले गरेका कुनै पनि कार्यक्रममा एन आर एन ए केन्टकी को साथ र समर्थ रहने कुरा पनि बताउनु भयो र नव निर्वाचित पधादिकारी लाइ बधाई तथा शुभकामना दिनु भयो। सबै संग सधै सहयोग र सहकार्य रहने पनि बताउनु भयो।

संस्थाको बार्षिक साधारण सभा पनि एकै साथ गरिएकाले निर्वाचन समितिका संयोजक एक नारायण सुबेदीले नया कार्यसमितिका पधादिकारीलाइ सपथ ग्रहण गराउनु भएको थियो। निर्वाचन समितिमा एक नारायण सुबेदीको संयोजकत्वमा प्रेम बसेल र अर्जुन थापा सदस्य हुनु हुन्थ्यो। सबैलाई धन्यवाद दिदै निर्वाचन निस्पक्ष र पारदर्शी रहेको कुरा जानकारी गराउनु भएको थियो। निर्वाचन प्रक्रियामा सहयोग गर्नु हुने संस्थाका अधक्ष्य लक्ष्मी खड्का लगायत समुहलाई धन्यवाद दिदै नव निर्वाचित पधदिकरिलाई बधाई तथा शुभकामना दिनु भएको थियो। आगामी कार्यकाल को लागि नव निर्वाचित पधादिकारी निम्न अनुसार हुनुहुन्छ। अधक्ष्य थिरलाल अर्याल ,उपाधक्ष्य श्याम पराजुली , सचिब बिनोद सापकोटा ,सह -सचिब घनश्याम खनाल , कोषाधक्ष्य सरिता मरासिनी ,सदस्य मान बहादुर शाह हुनुहुन्छ। बाकी सदस्यहरु नया कार्य समितिको पहिलो बैठकको निर्णयले नियुक्त गर्ने छ।

नया कार्य समितिले नया जोस जागरका साथ सबैलाई समेटेर आगामी दिनमा नया र उत्कृष्ट काम गरेर देखाओस भनि सबैले शुभकामना दिनु भएको थियो।

प्रतिक्रिया