शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३२
वासिङटन डिसी 15:47

भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने

इनेप्लिज २०७८ वैशाख ८ गते २१:५७ मा प्रकाशित

भर्जिनीयाबासी आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू, विभिन्न संघ-संस्थाका अध्यक्ष, पदाधिकारी एव सदस्य प्रतिनिधिहरु र पत्रकार मित्रहरू ।

हाम्रो भर्जिनियामा यस पटक तीन गुणा सदस्यता बढेको छ। यस्ले गर्दा एनआरएनए एनसिसि र आइसिसीका विभिन्न पदहरुमा उमेदवारी दिनु भएका अमेरिका भरका विभिन्न राज्यका मित्रहरु आफ्ना विचारहरु राख्न आउने क्रममा बढोत्तरी भैरहेको छ।

हामी भर्जिनियावासीहरु हाम्रो राज्यमा आउन चाहने सबै उमेदवारहरुका विचारहरु सुन्न बरोबरी अवसर उपलब्ध गराउन प्रतिबद्द छौं। साथै एनआरएन अभियानका सन्दर्भमा आफ्ना विचारहरु राख्न ईच्छुक सबैलाई कार्यक्रममा उपस्थित भईदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं।

यसै मेसोमा यही शनिवार साँझ गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद,अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी लगायत विभिन्न पदहरुमा उमेद्वारी दिनुभएका करिब १९ जना महानुभावहरु यहाँ आईपुग्दै हुनुहुन्छ।

२० भन्दा बढी एनसिसी उमेदवारहरुको उपस्थितीमा हुने यस भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भईदिनुहुन हामी सम्पुर्ण भर्जिनिया बासी एनआरएनए अभियानका शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं।

हाम्रो एनआरएन अझै राम्रो, बलियो र गतिशिल बनाउने सन्दर्भ चुनावका बेला मात्रै गरिने छलफल पर्याप्त अबश्य हुने छैन। त्यसैले यो बहस निरन्तर चलिरहनु पर्छ र चलाईरहनु पर्दछ भन्ने हामी ठान्दछौं।

Date : 04/24/2021 Saturday
Time : 5:30 to 8:30 PM
Venue: Tandoori Nights
10312 Willard Way, Fairfax, VA 22030

एनआरएनए भर्जिनिया च्याप्टरबाट कार्यक्रमको सहजिकरण गरिने छ।

नोट: उपस्थित सबैले मास्क अनिवार्य लगाउन पर्नेछ।
जय एनआरएन अभियान।

प्रतिक्रिया