शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:२०
वासिङटन डिसी 15:35

जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त

इनेप्लिज २०७८ वैशाख ८ गते ११:११ मा प्रकाशित

गत बर्ष मे २५ ,२०२० मा मिनियापोलिसका पूर्व प्रहरीले घुंडाले घाटी थिचि जर्ज फ्लोयडको हत्या गरेको फैसला आए पछि न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त गरेकी छिन ।

जर्ज फ्लोयडलाई ‘न्यायको लागि आफ्नो जीवन बलिदान गरेकोमा’ धन्यवाद दिदै पेलोसीले पूर्व प्रहरी डेरेक शभिनलाई दोषी ठहर गरेकोमा सामाजिक संजाल मार्फत प्रतिक्रिया दिएकी छिन ।

सभामुख पेलोसीले गत मंगलबार साँझ ट्वीट गरी डेरेक सभिनको हत्याको सजायको बारेमा टिप्पणीमा स्पष्ट पार्दै “जर्ज फ्लोयड आज जिउँदो हुनुपर्दछ”, भनेकी छिन ।

उनले अगाडी भनिन “उनको परिवारले उनको हत्याको लागि न्यायको आह्वान संसारले सुनेको थियो। उनी व्यर्थमा मरेनन्। हामीले यो पनि सुनिश्चित गर्नुपर्दछ कि अन्य परिवारले समान जातीयता, हिंसा र पीडा भोग्नु नपरोस्, र हामीले जर्ज फ्लोड जस्टिन इन पोलिसी ऐन बनाउनु पर्छ। “

प्रतिक्रिया