काठमाडौं । नेकपा एमालले वरिष्ठ यस अघि नै निलम्बनमा परेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित संघका २७ जना र प्रदेशका ५ जना गरि ३२ जना सांसदहरुलाई स्पष्टिकरण सोधेको छ ।
पार्टीको अनुशासन उलंघन गरेको भन्दै एमालेले माधव कुमार नेपाल। झलनाथ खनाल, भीम रावल लगायतका २७ जना सांसदलाई स्पष्टिकरण सोधेको हो ।
एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको जानकारी दिए ।
भट्टराईका अनुसार उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । संघीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै तपाईंलाई संघीय संसद् सदस्यबाट किन नहटाउने ? भनेर सोधिएको छ । त्यस्तै ५ जना प्रदेश सांसदलाई पनि स्पष्टिकरण सोधिएको छ ।
स्पष्टिकरण सोधिएका सांसदहरुको सुची
संघीय संसद
१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) दिपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री
प्रदेश सांसद
१) प्रकाश ज्वाला
२) नन्दसिंह बुढा
३) कुर्मराज शाही
४) अम्बरबहादुर थापा
५) देवी ओली
प्रतिक्रिया