शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:१०
वासिङटन डिसी 15:25

न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै

इनेप्लिज २०७८ वैशाख ८ गते ०:२० मा प्रकाशित

वाशिंगटन डिसी।हिन्दु परम्परा अनुसार प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व र यसको भोलिपल्ट मनाइने राम नवमी पर्वको अवसरमा नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले समुदायका दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना ब्यक्त गरेको छ।

न्याकले यस अवसरमा नवदुर्गा भगवतीको पूजा आराधना गर्नुको साथै भोलि स्थानीय सेन्ट्रलभिलमा नवमी पर्वको अवसरमा पूजा सहित भजन कीर्तन गर्न लागेको जानकारी न्याक सॉस्कृतिक समितिका संयोजक अरुण रुपाखेतीले दिनु भएको छ।

चैत्र अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने परम्परा रहेको छ।कतिपय नेपालीहरुले भने चैते दशैलाई पनि धुमधाम मनाउने गरेका छन।

न्याकद्वारा भोलि जुमको माध्यम बाट गरिने कार्यक्रममा सहभागी हुन यहीं सम्लग्न लिंकमा बुधबार बेलुका जोडिन पनि अनुरोध गरिएको छ।पंडित राजेन्द्र खनाल गुरूले भजनकीर्तन गायक गायिकाहरुलाई पनि अनुरोध गर्नु भएको छ।

सम्पर्क:

अरुण रुपाखेती,संयोजक,न्याक संस्कृति समिति- फोन: 703-909-7123
हरिकृष्ण पुडासैनी,संयोजक,
न्याक नयां वर्ष तयारी समिति ।

फोन: 571-215-2422

विना खड्का लामा,संयोजक,न्याक बालबालिका कार्यक्रम।फोन: 703-901-6508
सुनिता खत्री,संयोजक,न्याक महिला विभाग,फोन: (703) 297-1778

जुम लिंक:

Topic: NACC Ram Nahami Pooja Archana

Time: Wednesday, Apr 21, 2021 05:30 PM Eastern Time (US and Canada)

https://zoom.us/j/98314150038

Meeting ID: 983 1415 0038

प्रतिक्रिया