शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:०२
वासिङटन डिसी 15:17

ठीक फैसला आयो तर उत्सव मनाउने बेला यो होइन : मोर्गन स्टेट विश्वविद्यालयका प्रेसिडेंट डा. डेविड विल्सन

इनेप्लिज २०७८ वैशाख ७ गते २३:४५ मा प्रकाशित

नागरीक अधिकारको लडाईंमा अग्रगण्य भूमिका निभाउंदै आएको मोर्गन स्टेट विश्वविद्यालयका प्रेसिडेंट डा. डेविड विल्सनले अमेरिकी नागरीक जर्ज फ्लोयडको मृ्त्युको झण्डै एक वर्षपछि आज भएको फैसलाको स्वागत गरेका छन।

सामान्यतः अश्वेत व्यक्ति प्रहरीको कारवाहिमा मारिंदा विभिन्न वहानामा कसुरदार प्रहरीले क़ानूनी उन्मुक्ति पाउने र पीड़ित परिवारले न्याय नपाउने अवस्थाको लामो शृंखलालाई यो न्यायोचित फैसलाले तोडेको छ।

जूरीले मिनेसोटाका पूर्व पुलिस अधिकारी डेरेक शौविनलाई जर्ज फ्लोयडको मृत्युमा दोस्रो डिग्री हत्यामा दोषी ठहऱ्याएको छ।

शौविनलाई तेस्रो-डिग्री हत्या र दोस्रो-डिग्री म्यानसलटरको समेत दोषी पाएको छ।

“हुन त यो फैसला ठीक आएको छ, तर यो उत्सवको कारण भने बन्न सक्तैन।” डेविड विल्सनले आफ्नो वक्तव्यमा लेखेका छन। “मेरो मुटु आज पनि फ्लोयड परिवारमा जान्छ किनकि दोषी करारको निर्णयले पनि फ्लोयडलाई ब्युंताउन त सक्दैन।”

एक पुलिस अफिसरको घुँडाले च्यापेर जर्ज फ्लोडको मृत्यु भएको भिडियो विश्वभरका मान्छेले देखे। बारम्बार घटीरहने भएपनि कुनै ख़ास चर्चामा नआएरै सेलाउने यस्ता घटनाको शिलसिला यो घटनाले तोड्यो जब त्यो मृत्यु क्यामेरामा कैद भयों । र ,सोसल मीडिया मार्फत सार्वजनिक जीवनमा पुग्यो। यो घटना सजिलै लुकाउन मिल्ने प्रकृतिको रहेन र कसुरदार प्रहरीलाई सजाय हुने फैसला आयो।

तर अझै आधारभूत प्रश्न भने बाँकी नै छ: के अब अमेरिकामा अश्वेतहरुको लागी पनि न्याय स्थापित भएकै हो त? यो कुरा त आगामी दिनहरुले देखाउने छन।

प्रेसिडेंट डेविड विल्सनले मोर्गन स्टेट यूनिवर्सिटीका सम्पूर्ण समुदायलाई सम्बोघन गरेर पठाएको प्रेस वक्तव्य जस्ताको पूर्णपाठ तल छ।

Dear Morgan Family

“Today, when I finished a business meeting on campus and headed back to my office, I was momentarily stunned when I heard that the jury in the George Floyd murder trial had reached its verdict. Given the swiftness in which the jury reached its decision on the fate of the accused, I was hopeful that the verdict would be one of guilt on all three counts and that the family of Mr. Floyd would find some solace in that judgement. However, given what has happened in previous trials involving police officers who had been acquitted of killing innocent Black men and women, I began to feel a bit of trepidation regarding the outcome as I listened intently to the judge’s pronouncement. This was a moment in our history as Americans—would it be more of the same or would justice be served. Let history show that justice was served in this case.

“Witnessing the life being needlessly and horrifically taken from Mr. George Floyd by a policeman’s knee on his neck for more than nine minutes is a memory that will forever be etched in my mind. What happened with this verdict, however, sends a message. Finally, a jury is saying to Black citizens across the nation, that yes, your lives matter.

“Moreover, this jury sends a resounding message to all of the Black men, women and children who have lost their lives to rogue law enforcement officers that this type of behavior is abhorrent and will not be tolerated. To the police officers who treat so many young Black men with utter disdain and devalue their lives, the courts will not protect you when innocent people are killed.

“While I feel that the deserved verdict was rendered, this is not a cause for celebration. My heart goes out to the Floyd family today because even a guilty verdict will not result in bringing Mr. Floyd back to life.

Holding justice high,

President David K. Wilson

प्रतिक्रिया