शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४९
वासिङटन डिसी 16:04

विश्‍वराज बास्तोला वोर्ड सदस्य मनोनयन

इनेप्लिज २०७८ वैशाख ७ गते २१:२५ मा प्रकाशित

न्यूयोर्क लंगआईलेण्ड निवासी नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता एवं समाजसेवी विश्वराज वास्तोला दक्षिण एसियाली सल्लाहकार समितिको सदस्य पदमा मनोनयन हुनु  भएको छ।

दक्षिण एशियाली सल्लाहकार समितिले समुदायलाई एकै साथ ल्याउन,दक्षिण एसियाली क्षेत्रका विविध कार्यक्रमहरू आयोजना गर्न,र सबै दक्षिण एशियाली सम्बन्धी सामुहिक मुद्दा एवं सरोकारहरू छलफल गरी सम्वन्धित निकायमा कार्यान्वयनको लागि दवाव दिने गर्दछ।

लामो समय देखि नेपाली समुदायको हक हितमा कृयासिल सामाजिक नेताको रुपमा नेपाली समुदायको तर्फवाट वोर्डमा वास्तोला लाई नियुत्ति गरिएको पत्रमा उल्लेख गरिएको छ।

मुस्लीम समुदायको पर्व रामादानको सन्दर्भमा वेस्टरवे टाउन हलमा आयोजित आइएएटिएआर इभेन्ट्स कार्यक्रममा वास्तोला लाई वेस्टरवे टाउनका क्लर्क रिचार्ड लाम्रकाले मनोनयनको पत्र प्रदान गरेका थिए।

कार्यक्रममा वेस्टरवे टाउनका सुपरभाईजर मानार्थ जोसेफ सालादिनो अमेरिकाको लागि पाकिस्तानी काउन्सिल जेनेरल अनरेबल आयेशा अलि माननीय एसियन एडभाईजरी वोर्डका प्रिसिडेन्ट ह्यारी मलहोत्रा लगाएतले मन्तव्य र शुभकामना प्रदान गर्नु भएको थियो।

उक्त कार्यक्रमा एसियन समुदायका सामाजिक नेता तथा अगुवाहरुको उपस्थिति रहेको थियो। सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल वास्तोलालाई ईनेप्लिजको तर्फबाट हार्दिक वधाई।

प्रतिक्रिया