शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:००
वासिङटन डिसी 15:15

भर्जिनियाको एक व्यायामशालामा पुरुषले छतबाट महिलाको लुगा फेर्ने कक्षमा चियाउदा १९ वटा अभियोगमा पक्राउ

इनेप्लिज २०७८ वैशाख ७ गते ११:०९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिज स्थित एक व्यायामशालामा एक पुरुषले छतबाट महिलाको लुगा फेर्ने कक्षमा चियाउँदा १९ वटा अभियोगमा उनलाई पक्राउ गरिएको छ ।

उक्त पुरुषले गत जनवरी महिनामा महिलाको लकर रुम अर्थात् लुगा राखन धरन गर्ने गोप्य कोठमा ५ पटक चियाएर हेरे पछि उनलाई १९ वटा अभियोग लगाईएको छ ।

भर्जिनिया वुडब्रिज कै ४१ बर्षिय ब्राएन जो लाई चियाएको कारण १५ वटा र ४ वटा तोडेर त्यहाँ पसेकोमा अभियोग लगाईएको शेरिफ कार्यालयले एक वक्तव्य जारी गरेका छन् ।

उनलाई वास्तवमा जनवरी ३० मै पक्राउ गरिएको थियो । वुडब्रिजको ग्यारीसन सडक स्थित वानलाइफ फिटनेस व्यायामशालामा उनले लुकेर महिलहरुको लुगा फेर्ने स्थानमा हरेको पाइएकोले उनलाई निर्णायक समितिले यसै महिनामा आझ थप अभियोग लगाईएको छ ।

उनले कम्तिमा पनि १ घण्टा देखि ४ घण्टा सम्म चियाएर हेरेका थिए । उनि हाल रापाहनक क्षेत्रीय कारागारमा बिना जमानत थुनामा राखिएको समाचार डब्लुटिओपी डटकमले लेखेको छ ।

प्रतिक्रिया