शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:३६
वासिङटन डिसी 15:51

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७० हजार ३ सय संक्रमित ,२१ करोड १५ लाखलाई कम्तिमा प्रथम खोप

इनेप्लिज २०७८ वैशाख ७ गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७० हजार ३ सय ५५ जना संक्रमित भएका छन । त्यस्तै गरि एकै दिनमा ४ सय ८३ जनाको मृत्यु भएको छ । गत सोमबार अप्रिल १९ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।गत हप्ता औसतमा दैनिक ६७,१७५ जना कोरोनाबाट संक्रमित भएका थिए भने गत दुई हप्तामा औसतमा ४ प्रतिसतले संक्रमित हुने संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा अहिले सम्म कम्तिमा २१ करोड १५ लाख ८१ हजार ३ सय ९ जनाले प्रथम खोप लगाई सकेको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले दिएको छ ।

अमेरिकामा हाल सम्म कूल ५ लाख ६७ हजार २ सय ८७ जनाको निधन भएको छ भने दुई हप्तामा ५ प्रतिसतले मृत्यु संख्या घटेको छ । हाल अमेरिकामा ४४ ,४११ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या १० प्रतिसतले वृद्धि भएको छ ।

हाल सम्म अमेरिकामा १ करोड ५९ लाख १ हजार ३ सय ३५ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिकामा २६ प्रतिसतले पूर्ण तथा ४० प्रतिसतले कम्तिमा १ खुराक खोप लगाएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले जनाएको छ ।

अहिले बिहान मंगलबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड १७ लाख ६१ हजार २ सय रहेको छ । अमेरिकामा बिगत १४ दिनमा कोरोना संक्रमित ४ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या १० प्रतिसतको वृद्धि भएको छ ।

प्रतिक्रिया