शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:५०
वासिङटन डिसी 15:05

पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार

इनेप्लिज २०७८ वैशाख ६ गते २१:५८ मा प्रकाशित

सर्वोच्च अदालतद्वारा रिपब्लिकन दलले पेन्सेल्भेनिया राज्यमा भएको गत बर्ष २०२० को चुनाव नियमलाई परिवर्तन गर्न दिएको चुनौतीलाई पुन:रद्धिको टोकरीमा फ्याकि दिएको छ ।

राष्ट्रपति पदको चुनाव भएको ५ महिना पछि सर्वोच्च अदालतले सोमबार पेन्सल्भेनिया राज्यको रणभूमि राज्यमा रिपब्लिकनले चुनावको नियममा परिवर्तन गर्न चुनौतीलाई चुनौती दिदै मुद्दा लिने छैन भनि जवाफ दिएको छ ।

हस्ताक्षर नगरिएका उक्त निर्णयमा अदालतको बहुमतले गत बर्षको चुनावलाई पुनःस्थापित गर्न कुनै चासो नराख्ने जनाएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।

सोमबार अगाडी नै न्यायाधिशहरुले मुद्धा हाल्ने सम्बन्धमा धेरै अनुरोधहरुलाई खारेज गरि सकेका थिए। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य रिपब्लिकनहरु बाट धेरै राज्यहरुका चुनाव परिणामलाई पल्टाउन खोजी जो बाइडेनलाई राष्ट्रपति हुनबाट बन्चित गर्न सबै उपाय प्रयोग गरेका थिए ।

प्रतिक्रिया