अनेसास एसिया समितिले सम्झ्यो पारिजातलाई

समाचारदाता २०७८ वैशाख ६ गते २१:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,एसिया समितिले साहित्यकार पारिजातको सम्झनामा सोमबार कार्यक्रम गरेको छ।नयाँ वर्ष २०७८ तथा २८ औं पारिजात स्मृति द‍िवसको अवसर पारेर जूम प्रविधिका माध्यमले आयोजित कार्यक्रममा अनेसास एसिया क्षेत्रका कविहरूले सिर्जना वाचन गरेका छन्।कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला,सल्लाहकार राधेश्याम लेकाली,वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा,उपाध्यक्षद्वय बाबा बस्नेत र राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्ण गिरी,सदस्य निजानन्द मल्ल लगायतले पनि शुभकामना तथा रचना प्रस्तुत गरेका छन्।

उपाध्यक्ष तथा एसिया समिति संयोजक बाबा बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा गुनु घर्ती( मिजोरम),लक्ष्मी भट्टराई अनुरागी,राज लिम्बु,अलि मियाँ, रमेश जोशी (इजरायल),नमराज लामिछाने ( साउदी), प्रेमप्रसाद भट्टराई,सीताराम थापामणि थापा,खेमराज सुवेदी (कतार),चन्द्रप्रकाश गिरी (सिक्किम),गिरिजा गैरे ,विन्दा पराजुली बराल ( जापान), हिमाल अञ्जान,विजय औजी,तिलाचन बस्याल, ,अमर खड्का,गोविन्दप्रसाद तिम्सिना (कुवेत),लगायतले शुभकामना तथा सिर्जना वाचन गरेका छन्।

प्रतिक्रिया