बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:५०
वासिङटन डिसी 14:05

मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ

इनेप्लिज २०७८ वैशाख ६ गते २०:४३ मा प्रकाशित

मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेकोमा पक्राउ गरिएको छ । उक्त किशोरले मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा गोली चलाउदा एक १३ बर्षिय किशोरको निधन भएकोले उनलाई अभियोग लगाईएको हो ।

गत शनिबार राति मेरिल्याण्ड राज्यको क्यापिटल हाइटमा गोलीबारी हुँदा उनलाई प्रथम श्रेणीको हत्याको अभियोग लगाईएको प्रहरीले जनाएका छन् । शनिबार राती करिव १०:१५ मिनेटमा १७०० भवन समूहको रिची स्टेसन कोर्ट नामक सडक स्थित एक बिशाल बजारमा गोली चले पछि प्रहरीहरु त्यहा पुगेका थिए ।

मेरिल्याण्ड अपर मार्लबोरोका १३ बर्षिय किङ्ग डग्लस गोलीको कारण मृत अवस्थामा फेला परेका थिए भने अर्का एक १३ बर्षिय किशोरलाई छुरा प्रहार गरिएको थियो ।

छुरा प्रहरीबाट घाइते भएका पीडितलाई अस्पतालमा उपचार गरि अस्पतालबाट मुक्त गरिएको छ । प्रहरीका अनुसन्धानबाट आक्रमण दुई समूहका नाबालिगहरु बीच भएको हुन् सक्ने अनुमान गरिएको डब्लुटिओपि डटकममा समाचार छ ।

प्रतिक्रिया