अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगितामा पुरस्कृत

इनेप्लिज २०७८ वैशाख ६ गते १८:२७ मा प्रकाशित

 


अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय महिला समितिको आयोजनामा १११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी, समितिले विश्व महिला खुल्ला कविता प्रतियोगित्मक कार्यक्रम आयोजना गरीएको र उक्त कार्यक्रमको लागि-“महिलाजिवनमा आधारित “ बिषयमा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगिहरू वाचन कार्यक्रम अप्रैल १८, आईतबार सम्पन्न भयो।

कार्यक्रमको सन्चालन अनेसास महिला समितिकी सन्योजक उर्मिला निर्दोषीले गर्नु भएको र कार्यक्रम शुरूमा वहॅाले कार्यक्रम माथी महत्व दिदै “सन्तुलित साथै स्वच्छ समाज निर्माणमा महिलाका सोचाइ र सृजनाका विषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो।

संयोजक निर्दोषीले बताउनुभयो , ‘आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नैसमाजका मेरूदन्ड हुन् ।

महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूकाे अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शकपनि हुन् । त्यसैले यस्ता प्रतियोगिताहरू समय*समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोड दिनु भयो।

कार्यक्रममा संसारभरिका कवयित्रीहरूले सहभागिता रहेको थियो। प्रतियोगि सष्टाका वाचन र सृजनाहरूले शभा नै स्तब्ध भएको थियो।“महिला प्रतिको सामाजिक सोचको परिवर्तन र समान लैन्गीक समाज स्थापना अपरिहार्य आजको आवश्यकता” माथि जोडदार दिइएका रचनाहरूले समाजको पृतीस्तात्मक सोच र ज़्यादती, ब्यबहार क़ानून, पुलिस, प्रसासन , सरकार, व्यवस्थापनको परिवर्तनकुराहरू विभिन्न छन्द र गध्य रचना सुनाईएका थिए ।

प्रतियोगि सष्टाहरू तीनवटा महादेशका र बिभिन्न सामाजिक, आर्थिक , शैक्षिक क्षेत्रहरूबाट र पेशाहरूका हनु हन्थ्यो ।

साथै कार्यक्रममा बिभिन्न साहित्यानुरागी, अग्रज कवि, कवयित्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रष्टिका अधिकांश व्यक्तित्वहरू र छनौट समितिका निर्णायकहरू समेतको गरी ठूलो सहभागिता रहेको थियो।

बोर्ड अफ ट्रष्टिकी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अनेसास केन्द्रिय अध्यक्ष प्रकाश माइला पौडेल ज्युलेशुभकामना सन्देश दिदै र कार्यक्रमको अति सरणी गर्नुभएकोथियो। साथै कार्यक्रममा बोर्ड अफ ट्रष्टिका द्वय उपाअध्यहरू- पुरू सुवेदी र पदम बिश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वाचन पछि ,छनौट समितिले अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगिताको निर्णयहरु सुनाइएको थियो र पुरस्कृत कल्पना तामाङ -अमेरिका, उत्तरअमेरिका (प्रथम, ५०० डलर ) , विन्दा पराजुली , जापान, एसीया (द्वितीय, ३०० डलर) र विष्णुमाया विभू- नर्वे ,यूरोप (तृतीय, २००) लाई निर्णय सुनाई हार्दिक वधाई ज्ञापन गरिएको थियो! कार्यक्रममा पुरस्कार दाताहरूको पनि उपस्थित थियो।

कार्यक्रमको सन्चालन अनेसास महिला समितिकी सन्योजक उर्मिला निर्दोषीले गर्नुभएको थियो र समापन अनेसासका महासचीब सर्वज्ञ वाग्ले सबै उपस्थित महानुभावहरू, सहयोगीहरू , पुरस्कारको रक़म सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापनका साथ गर्नु भएको थियो।

प्रतिक्रिया