शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४१
वासिङटन डिसी 15:56

जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने

इनेप्लिज २०७८ वैशाख ६ गते १४:३२ मा प्रकाशित

जर्ज फ्लोयडको हत्याको आरोप लागेका मिनियापोलिसका पूर्व प्रहरी अधिकारी डेरेक शभिनको सुनुवाइको समापन बहस स्थानीय समय १० बजे सुरु हुने छ । समापन सुनुवाई समाप्तिसंगै निर्णायक समितिले छलफल सुरु गर्नेछ।

उनले जर्ज फ्लोयडलाई ९ मिनेट सम्म घुडाले थिचेर यातना दिए पछि अक्सिजनको कमि भएको कारण उनको मृत्यु भएको शव परीक्षण गरेका चिकित्सकहरुले समेत बयान दिएका छन ।

आज अन्तिम र निर्णायक दिन भएकोले मिनियापोलिसमा निकै सुरक्षाको प्रवन्ध गरिएको छ । राष्ट्रिय सैनिक समेत तैनाथ गरिएको छ । शभिनलाई दोश्रो श्रेणीको अनैच्छिक हत्या ,तेश्रो श्रेणीको हत्या र दोश्रो श्रेणीको मानव हत्याको आरोप लगाईएको समाचार एबिसी न्युज डटकमले प्रकाशित गरेको छ ।

मे २५ ,२०२० मा शभिनले फ्लोयडको घाँटीमा घुँडा थिच्दा फ्लोयडको मृत्यु भएको थियो भने उनले म स्वास फेर्न सक्दिन भनेका थिए ।

हाल सम्म उक्त सुनुवाईमा ३८ जना साक्षीलाई बोलाई बयान लिइएको छ । बयान दिने समयमा धेरै जना भाव बिभोर समेत भएका थिए ।

प्रतिक्रिया