शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:१९
वासिङटन डिसी 14:34

एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने

इनेप्लिज २०७८ वैशाख ६ गते १३:४५ मा प्रकाशित

एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने एनआरएनए अमेरिकाको बिधानमा उल्लेख गरिएको जानकारी जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष धनन्जय नरसिंह केसीले जनाएका छन् ।

उनले सामाजिक संजाल मार्फत जन सम्पर्क समितिका सबैलाई उक्त सूचना पुगोस भनि प्रकाशन समेत गरेका छन् । साथै केसीले गैर आवासीय नेपाली संघ अमेरिकाको बिधान समेत सार्वजनिक गरेका छन् ।

हाल सामाजिक संजालमा र चुनावी प्रचार प्रसारमा समेत उम्मेदवार भै हिडेकाहरुका निम्ति केसीले ध्यानाकर्षण गराएका छन ।

अप्रिल १९ र २० का दिन उम्मेदवारहरुको लागि मनोनयन गर्ने समय दिइएको छ भने अप्रिल २० को ११:५९ पूर्वीय समय सम्म प्राप्त भै सक्नु पर्ने संस्थाले सूचना समेत प्रकाशित गरेको छ ।

केसीले एनआरएन एनसीसीको बिधानमा उल्लेख भएकोले भोली क़ानूनी जंझट नहोस भन्ने उदेश्यले सबैलाई जानकारी गराएको उनले उक्त सामाजिक संजालमा लेखेका छन् ।

एनआरएन अमेरिकाको २०१० को बिधान १५ औ संसोधन २०२० को धारा १६ ,१४५ मा कुनै पनि राजनैतिक क्रियाकलापमा संलग्न हुन् पाइदैन भनि उल्लेख समेत गरिएकोले सबैको ध्यानकर्षण केसीले गराएका हुन् ।

प्रतिक्रिया