शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:१५
वासिङटन डिसी 14:30

टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार

इनेप्लिज २०७८ वैशाख ६ गते १३:१७ मा प्रकाशित

टेक्सस राज्यको अस्टिनमा ३ जनाको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार रहेका छन् । प्रहरीका अनुसार उक्त गोली काण्डमा ३ जनाको ज्यान गएको थियो भने सशस्त्र र खतरा भएको प्रहरीले सूचना जारी गरेका छन् ।

गोली चलाउने ४१ बर्षिय स्टेफेन निकोलस ब्रोडेरिक भएको पुष्टि भएको छ भने एफबिआई ले उनको खोजी गर्न स्थानीय प्रहरीसंग साथ दिएको छ ।

अस्टिनमा घटेको उक्त घटना घरेलु भएको प्रहरीले बताएका छन् ।

गत आइतबार अप्रिल १८ का दिन ११:४० बजे बिहान ग्रेट हिल्स ट्राएल भन्ने स्थानको ९६०० भवन समूहमा उक्त घटना घटेको थियो ।

प्रहरीहरु त्यहाँ पुग्दा २ महिला र १ पुरुष आवास गृह भवन बाहिर मृत अवस्थामा फेला परेका थिए ।

पत्रकार सम्मेलन अस्टिन प्रहरीका अन्तरिम प्रमुख जोसेफ चाकोनले स्टेफेन निकोलस ब्रोडेरीक खतरा र शसस्त्र रहेको जानकारी दिए। चाकोनका अनुसार उनि सवारी साधन या पैदल गए थाहा नभएको र त्यस क्षेत्रका वासिन्दालाई घरमै सुरक्षित रहन आग्रह गरेका थिए ।

प्रहरीका अनुसार अनुसन्धान भै रहेको छ भने उक्त घटना घरेलु भएको र ३ जनालाई लक्षित भएको बताए । प्रहरीले ब्रोडेरीक ट्राभिस काउन्टी शेरिफ विभागका पूर्व जासुस भएको जानकारी गराए ।

उनले ब्रोडेरीक ले मार्च १६,२००८ मा जासुसको रुपमा ट्राभिस काउन्टी शेरिफमा काम सुरु गरेका थिए । गत बर्ष जुन २०२० मा उनि माथि यौन उत्पीडनको आरोप लागेको र उनलाई ४० बर्षको उमेरमा पक्राउ गरिएको थियो ।

उनले बाल यौन शोषण गरेकोमा पक्राउ गरि उनलाई बेतलव प्रसासनिक बिदामा राखिएको थियो । उनलाई ५० हजार धरौटी नराखुन्जेल १६ दिन सम्म थुनामा राखिएको थियो भनि स्टेट्सम्यान डटकमले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया