१ बैशाख २०७८,वाशिंटन डिसी
अमेरिकन कवि तथा सम्पादक स्टेफान वोडानको सम्पादनमा प्रकाशन हुंदै गरेको विश्वका कविहरूको कविताको बृहत् संकलनमा तीन नेपाली कविहरू समावेश गरिएका छन्।
हालै सम्पादक वोडानले सामाजिक संजालमा सो पुस्तकको आवरण र विषय सूचि सार्वजनिक गरेका छन् ।जस अनुसार नेपाली कविहरू गोविन्द गिरी प्रेरणा,रेनुका भट्ट र पारू तिमिल्सिना समावेश गरिएका छन्।
सो संकलनमा विश्वका ३५ देशका १६४ कविका कविताहरू समावेश गरिएका छन्।यो पुस्तकको पृष्ठ संख्या झण्डै ८०० पृष्ठ रहेको छ।
यस संकलनमा समावेश भएका कविहरूमा रेनुका भट्ट हाल युरोपमा रहेकी छिन् भने पारू तिमिल्सिना नेपालमा रहकी छिन्।कवि गोविन्द गिरी प्रेरणा भने सन् २००४ देखि डिसी मेट्रो एरियामा वसोवास गर्दै आएका छन्।
प्रतिक्रिया