शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:२६
वासिङटन डिसी 14:41

नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर

इनेप्लिज २०७८ वैशाख ४ गते २१:०२ मा प्रकाशित

नेब्रास्काको बिशाल बजारमा भएको गोलीबारीमा दुई जना घाइते भएका छन भने एकको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार नेब्रास्काको ओमाहा वेस्टरोड मल स्थित बिशाल बजारमा उक्त घटना भएको हो । गम्भीर भएकालाई अस्पताल भर्ना गरिएको ओमाहा प्रहरी सूचना अधिकारी जोसेप निकरसनले रक वक्तब्यमा जनाएका छन् ।

दोश्रो पीडित गम्भीर घाईते भएता पनि महिलाको खुट्टामा चोट लागेको छ । उक्त घटना नेब्रास्काको दिउसो समयमा भएको हो । त्यहाँ संकलन गरिएको श्रब्य दृश्यका अनुसन्धानबाट दुई संदिग्ध त्यहाँबाट भागेका थिए ।

उनीहरुको पहिचानको लागि प्रहरीले अनुसन्धान गरि रहेको छ । प्रहरीका अनुसार उनीहरु सक्रिय बन्दुकधारी नभएको जनाएका छन् । उक्त घटना पछि बिशाल बजार बन्द गरिएको सिएनएनले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया