शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४५
वासिङटन डिसी 16:00

अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु

इनेप्लिज २०७८ वैशाख ४ गते ११:५३ मा प्रकाशित

अमेरिकाको इन्डियाना राज्यको इन्डियापोलिस शहर स्थित फेडेक्स गोदाम बाहिर भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिख समुदायका सदस्यहरुको मृत्यु भएको छ ।

गत बिहिबार भएको गोलीबारीमा मारिने ८ जनाहरुमा ३२ बर्षिय म्याथ्यु आर अलेक्जेन्डर ,१९ बर्षिय सामारिया ब्लाकवेल,६६ बर्षिय अमरजित जोहल,६४ बर्षिय जसविन्दर कौर,६८ बर्षिय जसविन्दर सिंह,४८ बर्षिय अमरजित सेखोन ,१९ बर्षिय कार्ली स्मिथ र ७४ बर्षिय जोन विसर्ट रहेका छन् ।

उक्त गोलीकाण्डका संदिग्ध बन्दुकधारी १९ बर्षिय ब्रानडन होल भएको पुष्टि भै सकेको छ भने उनले स्वयमले आफूलाई समेत गोली हानेका थिए । गत अप्रिल १५ का दिन राति बिहिबार गोली चलेको थियो । शुक्रबार प्रहरीले आयोजना गरेको पत्रकार सम्मलेनमा उनिसंग राइफल रहेको जानकारी दिएका थिए ।

सन् २०२० मार्चमा होलकी आमा प्रहरी स्नाग सम्पर्क आरी उनले आत्महत्या गर्न सक्ने भनेर जानकारी गराएकी थिइन् । त्यस पछि उनलाई तुरुन्तै मानसिक स्वास्थ्य हेरचाह केन्द्रमा इन्डियापोलिस महानगर प्रहरी बिभागले राखेको जनाएको छ । शिख समुदायलका चारै जना ६६ बर्षिय अमरजित जोहल,६४ बर्षिय जसविन्दर कौर,६८ बर्षिय जसविन्दर सिंह,४८ बर्षिय अमरजित सेखोन वेयरहाउस (गोदामघर)का कर्मचारी थिए ।

स्व जोहलको नातिनी कोमल चोहानले सिख गठबन्धनको तर्फ एक विज्ञप्तिमा जारी गरि गोदाममा काम गर्ने शिख परिवारका धेरै सदस्यहरू भएको जनाएकी छन् र “मूर्खतापूर्ण गोलीबारी” भएकोमा दुख व्यक्त गरेकी छिन् ।

“मेरो हजुरआमा, मेरो परिवार र हाम्रो परिवारले काम गर्ने ठाउँमा, उनीहरूको पूजा गर्ने ठाउँमा वा कहिँ पनि असुरक्षित महसुस गर्नु हुँदैन,” उनले भनिन्। “यो ज्यादै भयो -हाम्रो समुदायलाई अधिक आघात भएको छ।”

“हामीलाई थाहा छैन कि यो लक्षित थियो वा संयोग हो,” .इन्डियानापोलिसका शिख समुदायका २९ बर्षिय डा सुखविंदर सिंह जो गुरुद्वारका नेता हुन् उनले भने । “हामी सबै यति स्तब्ध छौं। यो त्यस्तो चीज हो जुन प्रक्रिया हुन हप्ता लाग्नेछ। ”

इन्डियानापोलिसमा सिख समुदाय हालैका वर्षहरुमा बढेको छ। इण्डियानापोलिस क्षेत्रका सिख मन्दिरहरूले डा सिंहले “शोकको लागि लागि विशेष प्रार्थना सेवाहरू सञ्चालन गरिने र समुदायका सदस्यहरूको सुरक्षाका लागि कुनै कदम चाल्नु पर्छ या हुँदैन भनेर छलफल गर्ने ।” बताए ।

संदिग्ध फेडेक्स भवन बाहिर आए र गाडीबाट उत्रे र तुरुन्तै अचानक अन्धाधुन्ध गोली बाहिर चलाएका थिए । उनले सवारी साधन अडान क्षेत्रमा गोली हानेका थिए पछि उनि भवनमा पसेका थिए । ४ जना भवन बाहिर र ४ जना भवन भित्र मारिएका थिए ।

फेडेक्सले शुक्रबार बिहान एक विज्ञप्तिमा जारी गर्दै भनेको छ , “इन्डियानापोलिसको फेडेक्स भवन मैदानमा दुखद गोलीबारी पछि हाम्रो टोलीका सदस्यहरूको मृत्यु हुँदा हामी स्तब्ध भएका छौं।”

प्रतिक्रिया