शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:५७
वासिङटन डिसी 15:12

अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त

इनेप्लिज २०७८ वैशाख ४ गते ११:०० मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७८ हजार ९ सय ३२ जना संक्रमित भएका छन । यसै गरि एकै दिनमा ९ सय ४० जनाको मृत्यु भएको छ । गत शुक्रबार अप्रिल १६ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो । गत हप्ता औसतमा दैनिक ७० ,११७ जना कोरोनाबाट संक्रमित भएका थिए भने गत दुई हप्तामा औसतमा ८ प्रतिसतले संक्रमित हुने संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा अहिले सम्म कम्तिमा २० करोड २२ लाख २२ हजार ९ सय २३ जनाले प्रथम खोप लगाई सकेको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले दिएको छ ।

अमेरिकामा हाल सम्म कूल ५ लाख ६५ हजार ७ सय ७८ जनाको निधन भएको छ भने दुई हप्तामा १२ प्रतिसतले मृत्यु संख्या घटेको छ । हाल अमेरिकामा ४५,४९७ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या ९ प्रतिसतले वृद्धि भएको छ ।

हाल सम्म अमेरिकामा १ करोड ५८ लाख ७ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिकामा २४ प्रतिसतले पूर्ण तथा ३८ प्रतिसतले कम्तिमा १ खुराक खोप लगाएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले जनाएको छ ।

अहिले बिहान शनिबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड १५ लाख ९८ हजार रहेको छ । अमेरिकामा बिगत १४ दिनमा कोरोना संक्रमित ८ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ९ प्रतिसतको वृद्धि भएको छ ।

अमेरिकामा हरेक दिन औसतमा ७१ हजार कोरोना संक्रमित भै रहेका छन् भने एक महिना अगाडी भन्दा १६ हजार ज्यादा मानिस संक्रमित भएको तथ्याँक न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।

प्रतिक्रिया