शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:११
वासिङटन डिसी 14:26

धेरैले मन पराएको गीत “पिपलु “

इनेप्लिज २०७८ वैशाख ३ गते ९:४२ मा प्रकाशित

लग भग एक महिना अगाडी रिलिज भएको गीत “पिपलु” धेरैले मन पराएका छन।गीतकार अर्जुन थापाको शब्द अनि संगीतमा गायक सुमन के सी र अस्मिता अधिकारीको स्वर रहेको गीत पिपलु लोकप्रिय हुदैछ।गीत प्रेमिल छ,जीवनमा एक अर्काको माया प्रेम संगै जिउने तथा एक अर्काको भर हुने कुरा समेटिएको छ। गीतमा नजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको छ।म्युजिक भिडियोलाइ शान थापाले निर्देशन गर्नु भएको छ।झट्ट हेर्दा गीतमा खासै भिउज नआएको देखिए पनि जतिले गीत हेर्नु भएको या सुन्नु भएको छ ।सबैले एकदमै मनपराएको कुरा गीतकार आफै बताउनु हुन्छ।र यसरी आफ्नो शृजना सबैले मनपराई दिदा बेग्लै सन्तुष्टि मिलेको छ भन्नु हुन्छ गीतकार। पुरा गीतको लिंक तल राखिएको छ।

सबैले हेर्नु होला र सक्दो सेयर पनि गरि दिनु होला।

प्रतिक्रिया