बालनियात्रा “घामै प्यारो आमै प्यारो”को अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ वैशाख ३ गते ९:२६ मा प्रकाशित

आज २०७८ बैशाख २ गते अनामनगर, काठमाडौंमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको बालनियात्रा “घामै प्यारो आमै प्यारो”को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सस्थाका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरु प्रमोद प्रधान,डा.कृष्णप्रसाद दाहाल, प्रतीक ढकाल,महेश पौडेल, विजयराज आचार्य,अनन्त वाग्ले, शान्ति सापकोटालगायतले ले आआफ्नो मन्तव्य राख्नु भएको थियो।

विवेक सिर्जनशीलबाट प्रकाशित उक्त पुस्तकको बाल बाङमय तथा अनुसन्धान केन्द्रले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, साहित्यकारहरु महेश प्रसाईं, गङ्गा कसजु, मणि लोहनी, ठाकुर बेलबासे, महेश क्षितिज,गीता रेग्मी,मन्दिरा कोइराला, गोकुल अधिकारी आदिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया